एक झुप्पा अंगुरकै ११ करोड !

काठमाडौं । अंगुर धेरै मानिसहरुलाई मन पर्ने फल मध्येको एक हो । अंगुरको एउटा झुप्पालाई नै ११ करोड २ लाख पर्छ भन्दा के तपाईलाई विश्वास लाग्छ ? तर साँच्चिकैमा जापानमा एउटा अंगुरको झुप्पाको मूल्य ११ करोड २ लाख परेको छ ।

यो अंगुर रुबी रोमनको नामले प्रख्यात छ । यो अंगुर एकदम मिठो तथा रसिलो हुन्छ । रुबी रोमन अंगुरलाई विश्वका लग्जरी फ्रुटमा गनिन्छ ।

जापानमा यो अंगुर विशेष मौका र बिजनेशको प्रमोशनका बेलामा उपहार स्वरुप गिफ्ट दिने प्रचलन छ । जापानमा यो अंगुर सजिलै पाउँन पनि मुश्किल छ ।

पछिल्लो पटक रुबी रोमनको झुप्पालाई जापानको एक कम्पनी हयाकुराकुसोले किनेको थियो । यो प्रजातिको अंगुरको एक झुप्पा लगभग २० ग्रामको हुने गर्दछ ।

यो अंगुरको एक झुप्पामा लगभग २४ वटा अंगुर हुन्छन् । रुबी रोमन धेरै महंगो भएकै कारण यसलाई धनीको फल पनि भन्ने गरिन्छ ।

१२ वर्ष पहिला यो अंगुरको प्रजाती इशिकावा प्रान्तको सरकारले उब्जाएको थियो ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?