सुन चाँदीको मूल्यमा उतारचढाव, के भयो आज ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा बृद्धि भएको छ । शुक्रवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार ६ सय रहेको थियो । भने आज तोलामा ४ सयले बृद्धि भइ प्रतितोला सुन ७६ हजार कायम भइ कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ७ सय रहेको छ ।

तर आज चाँदीको मूल्यमा भने तोलामा ५ रुपैयाँले गिरावट आएको छ । शुक्रवार प्रतितोला चाँदीको मूल्य ८ सय ८५ रहेको थियो । भने आज मूल्यमा कमि आइ प्रतितोला चाँदी ८ सय ८० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?