सरकारले धमाधम निर्णय गरेको बारे बोले गच्छदार

विराटनगर, १३ माघ – उपप्रधानमन्त्री विजयकुमार गच्छदारले वर्तमान सरकार देश र जनताको हितका लागि विभिन्न निर्णय गरेको बताएका छन् विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै उनले सरकारले संविधान र ऐन नियमभित्र रही आफ्नो काम गर्ने बताए उनले जनहितका लागि भएको सामाजिक सुरक्षा (वृद्ध) भत्तामा पाँच वर्ष उमेर घटाएको, भूकम्प र बाढीपीडितलाई रकम थप, जटिल रोगका बिरामीलाई जीवन निर्वाह भत्तावापत् रु पाँच हजार वितरण गर्ने निर्णय आगामी निर्माण हुने सरकारलाई देशको अहित हुन लागेमा रद्ध गर्न सक्ने बताए एक प्रश्नको जवाफमा उनले प्रहरी संगठनभित्र ३० वर्ष सेवा अवधि हटाउने सम्बन्धमा मन्त्रिपरिषद्मा कुनै छलफल र चर्चा नभएको स्पष्ट पारे नेपाली काँग्रेसका नेतासमेत रहेका नेता गच्छदारले नेपाल लोकतान्त्रिक फोरम र नेपाली काँग्रेसबीचको सहमतिअनुसार राष्ट्रियसभा निर्वाचनपश्चात् नेकाँ पार्टीको संगठनभित्र सम्मानजनक स्थान प्राप्त हुने विश्वास व्यक्त गरे । उनले नेपाली काँग्रेसको संगठन विस्तार सम्बन्धमा आवश्यक गृहकार्य भइरहेको जानकारीसमेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?