युट्युबको भिडियो हेरेर ९ वर्षका बालकले बँचाए भाईको ज्यान !

काठमाडौं । अमेरिकामा ९ वर्षका एक बालकले युट्युबबाट ज्यान बचाउँने टेक्निक सिकेर ३ वर्षका आफ्ना भाईको ज्यान बचाएका छन् ।

भाईको ज्यान बँचाएछि उनले अपनाएको यो तरिकाको अहिले सामाजिक सञ्जालमा अत्याधिक मन पराइएको छ । दुई जना दाजुभाई टेनेसीको म्याक्नेरीमा घुमिरहेका थिए ।

त्यहि बेला टिमोथिका भाई कानोर दमका कारण जमिनमा पछारिए । त्यसपछि उनका भाईको कुनै पनि अंगले काम गर्न छोड्यो ।

टिमोथीले हेमलिच टेक्निकको भिडियो हेरेर आफ्ना भाईलाई बँचाएका छन् । हेमलिच दमबाट बँच्ने एउटा टेक्निकल उपचार हो ।

जसमा पेटलाई थिचेर अट्किएको श्वास बाहिर निकालिन्छ । युट्युबका सिइओ सुसान बोजसिकीले उक्त भिडियो शोसल मिडियामा शेयर गरेका छन् ।

उनले युट्युबमा यस किसिमका धेरै भिडियोहरु रहेको पनि आफ्नो पोस्टमा लेखेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?