दोश्रो स्थानका लागि मनाङ एनआरटीसँग भिड्दै

काठमाडौं । शनिवार स्थगित भएको मनाङ मरस्याङ्दी र न्युरोड टिम (एनआरटी)बीचको खेल आज हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा खेल दिउँसो १ बजे शुरु हुँदैछ । खराब मैदानका कारण शनिवार एपीएफको हल्चोक मैदानमा तय खेल अन्तिम समयमा सारिएको थियो ।

एन्फाले प्राविधिक कारणले सरेको खेल आईतवार दिउँसो १ बजे एन्फा कम्प्लेक्समा नै गर्ने निर्णय गर्दै लिगको नयाँ खेल तालिका सार्वजनीक गरेको थियो ।

अन्तिम खेलमा च्यासलसँग पराजित भएको मनाङ उपाधि होडबाट बाहिरिसकेको छ । च्यासलसँगको एक हारले मनाङ उपाधि होडबाट बाहिरिएको थियो ।

लिगको ११ औं चरणमा मनाङले न्युरोड टिम एनआरटीको सामना गर्दैछ ।

उपाधि होडबाट बाहिरिसकेको मनाङ एनआरटीलाई पराजित गर्दै दोस्रो स्थान रहने दाउमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?