ग्यास्ट्रिकको समस्या छ ? बार्नुहोस् यस्ता खानेकुरा

काठमाडौं । के तपाईलाई ग्याष्ट्रिकको समस्या छ ? या परिवारका सदस्य यस समस्याबाट जुधिरहनुभएको छ ? हुन त “भनिन्छ हरेक नेपालीलाई ग्यास्ट्रिक छ ।” खानपान गर्ने तरिका नमिल्दा ग्यास्ट्रिकको समस्याले सताउने गर्छ । ग्यास्ट्रिक भनेको पेटको भित्री भाग सुन्निनु, ग्यास बढ्नु भन्ने हुन्छ । यस्तो समस्या भएमा पेट फुल्ने, हावा भरिएको अनुभूति हुने, खानेकुरा राम्ररी नपच्ने, लामो समय नखाँदा पेट पोल्ने, खान मन नलाग्ने, ढ्याउ आइरहनेलगायत समस्या हुन्छन् ।यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ । त्यसैले ग्यास्ट्रिक भएका व्यक्तिले खानपानमा विशेष ध्यान दिनुपर्छ ।

यदि तपाइलाई पनि ग्यास्ट्रिकको समस्या छ भने भुलेर पनि यी खानेकुरा नखानुहोस् 

ग्यास्ट्राइटिस भएकाले एसिडिक खानेकुराको प्रयोग गर्नुहुँदैन । जसमा कागती, सुन्तला, निबुवा, भोगटे आदि फल पर्छन् । यस्तो समस्या भएकालाई टमाटरले पनि थप असर पु-याउँछ ।

टमाटरमा पनि एसिडिक हुने भएकाले ग्यास्ट्राइटिसले दिने पीडालाई बढोत्तरी गर्छ । कसै–कसैले यसको थोरै प्रयोगले त्यति असर नगर्ने भए पनि खाँदैनखानु उत्तम हुन्छ ।

दूध र दूधजन्य पदार्थ पनि ग्यास्ट्रिकको समस्या भएकाले प्रयोग नगर्दा राम्रो हुन्छ । दूधमा हुने प्रोटिनले पेटको भित्री भाग सुन्निने हुन्छ । यसका साथै यसले पेटमा एसिडको मात्रा बढाउँछ । तर, दही भने फाइदाजनक हुन्छ । यसमा पाइने प्रोबायोटिकले भने रोगीलाई राहत प्रदान गर्छ । यद्यपि, दहीको प्रयोग गरेर त्यसले राम्रो गरे मात्र नियमित सेवन गर्नुपर्छ ।

नियमित रूपमा मदिरा सेवन गर्दा पनि ग्यास्ट्राइटिसको असर झन् बढेर जान्छ । तर, केही अध्ययनले भने दिनहुँ थोरै मात्रामा पिउँदा ग्यास्ट्राइटिस हुनबाट जोगाउने देखाएको छ ।

ग्यास्ट्राइटिसबाट पीडित मानिस चिया र कफीबाट पनि बच्नुपर्छ । चियापत्ती र कफीमा हुने क्याफिनले ग्यास्ट्राइटिसको असरलाई बढाउने काम गर्छ । अझ दूधचिया खाँदा दूध र क्याफिन दुवैले ग्यास्ट्राइटिसलाई झन् बिगार्ने काम गर्छ । तर, ग्रिन–टीको सेवनले भने ग्यास्ट्राइटिसको सम्भावना ४० प्रतिशत कम गर्ने विभिन्न अध्ययनले देखाएका छन् ।

ग्यास्ट्राइटिसको समस्यापछि मसलेदार खानेकुराले समस्यालाई झन् बल्झाउने काम गर्छ । यद्यपि, मसलेदार खानेकुरा आफैँले ग्यास्ट्राइटिस गराउन भने त्यति धेरै भूमिका खेल्दैन ।

नेपालीले पछिल्लो समय प्रशोधित खानेकुराको अत्यधिक प्रयोग गरेको पाइन्छ । तर, यस्ता खानेकुराले ग्यास्ट्राइटिसको समस्या बढाउने गर्छ । त्यसैले सेतो पाउरोटी, पास्ता, चिनीयुक्त खाद्यपदार्थ (चिसो पेय पदार्थ, इनर्जी ड्रिंक्स), प्रशोधित वनस्पति तेल, तेलमा तारिएका खानेकुरा, प्रशोधित मासु ९ससेज, ह्याम०, ट्रान्स फ्याटलगायत खानेकुरा प्रयोग गर्नुहुँदैन ।

ग्यास्ट्रिक निको पार्ने घरेलु उपचार विधि थाहा छ ? यसरी गर्नुहोस् घरैमा उपचार

हाम्रो जस्तो अल्पविकसित मुलुकका बहुसंख्यक मानिसहरुमा ग्यास्ट्रिकको समस्या हुने गरेको छ । खानाको समय नमिल्ने कारणले गर्दा मानिसमा ग्यास्ट्रिकको समस्या हुने गर्दछ त्यसैले हामीले ठीक समयमा खाना खाने गर्नुपर्छ । ग्यास्ट्रिक भएको समयमा हामीले धेरै कुरामा ध्यान दिने गर्नुपर्छ । ग्यास्ट्रिकलाई हामीले सामान्य रुपमा लिन हुँदैन । यदी ग्यास्ट्रिक बिग्रियो भने आन्द्राको अल्सर हुन्छ ग्यास्ट्रिकको समस्याले सताएर हैरान हुनुहन्छ भने यस्तो उपायहरु उपनाउन सकिन्छः

१  प्रशस्त पानी पिउनेः लगातार पानी पिउँदा पेटमा ग्यास जम्मा हुन पाउँदैन । जिउमा समेत पानीको सन्तुलन कायम राख्छ । तर, पानीको सट्टा कोक, फ्यान्टा जस्ता कोल्डड्रिङसको प्रयोग गर्नुहुँदैन । यसले पेटमा ग्याँस बढाउँछ

 

२    लसुन पानीको प्रयोगः बिहान उठ्नासाथ दुई–तीन पोटी लसुन पानीसँग खाने हो भने ग्यास्ट्रिक भएकाहरलाई फायदा गर्छ । उच्च रक्तचाप भएकालाई समेत यसले फाइदा गर्छ

३   खाना समयमा खानेः ग्यास्ट्रिक भएकाहरुले समेतसम्म प्रत्येक दुई घण्टाको फरकमा खाना खाने गर्नुपर्छ । लामो समय केही नखाँदा पेटमा हावा भरिएर यसले समस्या उत्पन्न गर्छ

४ कागती पानीको प्रयोगः पेटमा धेरै ग्यास भएको अवस्थामा कागती पानी पिउने गर्नुपर्छ । यसले ग्याँस हटाउने काम गर्छ र पेट फुल्न दिँदैन

५   कार्बोहाइड्रड कम खानेः पेटमा ग्यास जमेर गाह्रो हुने भएकोले बियर, वाइन, मकै, राज्मा, बन्दा, प्याजजस्ता खानेकुराबाट टाढै बस्नु उपयुक्त हुन्छ

६ दूध नपिउनेः ग्यास्ट्रिक भएकालाई दूधले फाइदा गर्दैन । पचाउन गाह्रो पर्ने भएकाले दूध नखानु नै बेस हुन्छ । यसको सट्टा दही र दूधबाट बनेका अन्य परिकार खानु राम्रो हुन्छ ।

के बार्ने त ?

ग्यास्ट्रिकका कारण धेरैले आजभोलि टेन्सन पाइरहेका छन् । पेटमा अतिरिक्त अमिलो जम्मा भएपछि ग्यास्ट्रिक हुने गर्छ । ग्यास्ट्रिक बिग्रियो भने अल्सर तथा क्यान्सर पनि हुन सक्छ । जटिल खाद्य पदार्थका लागि शरीरमा एसिडको मात्रा सामान्य हुनु जरुरी पनि हुन् । एसिडिटी कम भए पनि बढी भए पनि यसले पेटमा समस्या पारिदिन्छ । तपाईंमध्ये धेरैलाई थाहा नहुन सक्छ, तनावले पनि ग्यास्ट्रिक बढाउन मद्दत गरिरहेको हुन्छ । अधिक धुम्रपान र अल्कोहलले पनि ग्यास्ट्रिक हुने गर्छ । धेरै चिल्लो, पीरो, तातो खानाले पनि एसिडिटी गराउने गर्छ ।

ग्यास्ट्रिकबाट बच्नका लागि ग्रीन टीको अवधारणा आएको छ । पुदिनायुक्त हर्बल चिया पिउँदा यसले ग्यास्ट्रिक कम गर्दै लैजान्छ । र, बिहान उठ्नासाथ पानी पिउँदा पनि केही मात्रामा ग्यास्ट्रिकबाट बचाउन सक्छ । यस्तै समयमा खाना खाना खाने हो भने ग्यास्ट्रिकबाट बच्न सकिन्छ ।

यदि ग्यास्ट्रिकबाट बच्न चाहनुहुन्छ भने मसला, अचार र तेल भएको खाने कुरा पनि कम खान डाक्टरले सल्लाह दिँदै आएका छन् ।

खा्दै नखानुस् है यी खानेकुरा ? 

पेटमा प्रकृतिले नै एसिड उत्पादन गराउँछ। हामीले खानासँग खाएको ब्याक्टेरिया मार्नेदेखि लिएर खानेकुरा पचाउने काम यही एसिडले गर्छ। यो एसिड निस्किएपछि यसबाट बच्न शरीरमा आफ्नै ‘मेकानिजम’ हुन्छ। कुनै कारणबस यो मेकानिजममा ह्रास आयो भने ग्याष्ट्रिक हुन्छ। ग्याष्ट्रिक हुँदा पेट पोल्ने, दुख्ने, ढ्याउ–ढ्याउ आउनेदेखि लिएर बढ्दै गएमा अल्सरसम्म हुन्छ।

अल्सर बिग्रिँदै गएर रगत नै वान्ता हुनेसम्म हुन्छ। यसले पाचन प्रणालीमा पनि बाधा उत्पन्न गराउँछ । जसले गर्दा शरीरमा रगत, क्याल्सियमलगायत कमी हुन जान्छ । यसको समयमै उपचार नगरेमा पेटको अल्सर र क्यान्सर नै हुन सक्छ ।

त्यसैले ग्यास्ट्रिक भएमा यस्ता खानेकुराको प्रयोग गर्नुहुँदैन 

एसिडिक खानेकुरा ( कागती, सुन्तला, निबुवा, भोगटे,टमाटर, दूध र दूधजन्य पदार्थ , मदिरा सेवन, चिया र कफी, मसलेदार खानेकुरा,  प्रशोधित खानेकुरा आदि ।

 

विषाक्त खानेकुरामा रछ्याने राजनीति

लोकपथ बजार ब्युरो


विषादी हालेको, म्याद घर्केको, सडेगलेको (अ)खाद्य वस्तु बजारमा बेच्न नदिने यो सरकारको प्रयास पनि हावा खायो । किसान र विचौलियाले तरकारीमा हालेको विष हिजोआजमात्र हालेकोजस्तो गरेर कसैलाई देखाउनु परेकोजस्तो गरी कहिलेकहीँ कारवाहीको ताउरमाउर हुनेगर्छ । यसअघि गरिएका बजार अनुगमनले प्रमाणसहितको प्रतिवेदन दिएर कारवाहीको लागि सिफारिश गरिएका दोषी ब्यापारीमाथि पनि कारवाही भएको देखिएन । काँक्रा, लौका, सिमी, बोडी, आलु, साग आदि सब्जीमा छर्किएको विषादिको मात्रा भरमार पाइन्छ । फलफुलमा केरा, अंगुर, भारतीय मेवा, स्याउ आदिमा अनेक विषादि र रसायन लगाएको पाइन्छ । परवर, केराउ आदि रङ्गाएर ताजाझैँ हरियो बनाइदिने, कालो–दाललाई कालो रङ्गद्वारा रङ्गाइदिने छाडा चरित्र भइरहेको छ । यो पनि ध्यानमा राखौँ, मिसावट र सडेको खानेकुरामा रस बिझिसकेका यहाँका जनतालाई खाँटी कुरा मन पर्दैन, जस्तो कि शुद्ध गाईको दूध खान दिने हो भने यस शहरका मानिसहरूलाई गन्हाउँछ, खानै सक्दैनन् ।

डिस्टीलरीका रक्सीहरूका नक्कली उत्पादन बजारमा छ्यास्छ्यास्ती बेचिन्छन् । यहाँ त बहुराष्ट्रिय कम्पनीका उत्पादनहरूकै त्यही हालत छ । उपभोगको म्याद सकिएका अधिकांश उत्पादन नेपालमा पठाइन्छ । त्यस्ता उत्पादनमा ‘नेपालमा मात्र बेच्नको लागि’ भनेर लेख्नुको नियत ठीक देखिन्न । औषधि ब्यापारमा त्यही रोग छ । नक्कली औषधीहरूले बजारमा अतिक्रमण गरेका छन् । यस्ता औषधी उत्पादकहरूले बढीभन्दा बढी मुनाफा दिएर बिक्रेताहरूलाई आकर्षित गराइरहेका हुन्छन् । नेपाल म्याद गुज्रिएका औद्योगिक उत्पादन बेच्ने डम्पिङ् मार्केट भइरहेको छ ।

विषाक्त तरकारी वा फलपूmल खाइरहेका शहरी क्षेत्रका मानिसलाई हुने साझा बिमारी ग्यास्ट्रिक तथा पेटका रोग हुन् । आउँ, झाडा–पखाला, हैजा, टाइफाइड, जण्डिस, जुका, अम्लपित्त, वाकवाकी लाग्ने, खान अरूचि, खाना नपच्ने, पेट वा आन्द्रा फुल्ने, शरीर अत्यन्त तात्ने वा ज्वरांश हुने, आलस्य लाग्ने जस्ता धेरै समस्याहरू पानी तथा खाद्यपदार्थबाट उत्पन्न हुने बिमार हामीकहाँ ब्यापक रूपले भइरहन्छ । हरेक शनिबार बाग्मति नदी सरसफाई अभियान चलेको प्रसंगबारे यस्तो व्यंग्यात्मक प्रतिक्रिया सुनिन्छ, “बाग्मति धेरै सफा पनि हुनुहुँदैन । त्यहाँको पानी अलीअली सङ्लो देखिन थाल्नेबित्तिकै ट्याङ्करवालाहरूले त्यर्हीँको पानी भरेर घरघरमा लगी बेच्न बेर छैन । उता बाग्मतिमा भने पानी नै बग्न पाउने छैन ।”

दूधमा पानी मिसाउनु त अब दूधब्यापारीको मानवअधिकारजस्तै भइसक्यो । चामल वा आँटामा ससाना ढुङ्गा, दालमा खेसरी, कालो मरिचमा मेवाका दाना, महमा चिनीको चास्नी, खुर्सानीको धूलोमा इट्टाको धूलो मिसाइएको, बेसारमा पहेँलो रङ्ग, यहाँसम्म कि धनियाँको पाउडरमा घोडाको लिद समेत मिसाइएको सूचना पाइएको छ । जनावरको बोसो मिसाएको घिउ भनिने वस्तु बजारमा भरमार पाइन्छ ।

‘सरकारी दूध’मा पनि सिकायत छ । आज छ्यास्छ्यास्ती खुलेका ‘डेरी’हरूमध्ये अधिकांसले कास्टिक सोडा, बोसो आदि पदार्थको चिल्लो र स्टार्च मिसाउने गरेको जानकारी सर्वत्र फैलिएको छ । संस्थानकै दूध नुनिलो हुनथालेको छ । ‘मिनरल वाटर’ का नाममा बेचिने अधिकांश बोतलको पानी त्यति नै दूषित तथा असुरक्षित पाइएको छ । मिनरल वाटर भन्दैमा बोतलको पानी निष्फिक्री चलाउनु पेटसम्बन्धि अनेक समस्याको जोखिम बोक्नुमात्र हुन्छ ।

अधिकांश रेस्टुराँ वा मोमो पसलमा बेचिने मोमोमा कुखुराको छाला, आन्द्राभुँडी, कलेजो, फोक्सो, बिक्री नहुने मासु, पानीको चरम अभाव भएर नपखालिएको बन्दाकोभी, काउलीका डाँठ आदि हालिन्छन् । सबभन्दा बुढा, रोगी र अस्वस्थ खसी–बाख्रा सस्तो मोलमा सेकुवापसलमा पुग्दछन् । चर्को मसला, स्वाद बनाइदिने रसायन (अजिनोमोटो) र अस्वस्थकर तेलले त्यसलाई स्वादिलो बनाइदिएको भ्रम हुनसक्छ । मिठाईहरूलाई आकर्षक बनाउन अखाद्य र विषालुृ रङ्ग लगाइदिने, कुहिनथालेका बेसन वा मैदा आदिबाट अत्यन्त घटिया मसला, रङ्ग र चिल्लोपदार्थका साथ मिठाइ बनाएर बेच्ने, खाना बनाउने ठाउँ र भाँडाकुँडा अत्यन्त फोहोर हुनु सामान्य कुरा जस्तै भइसके ।

राजनीतिमा किरा परेपछि त्यसले सबै चिजमा किरा पार्छ । बजारको तरकारीमा भरमार विषादि वा खानेकुरा सडेको होइन, मुलुकको राजनीति, त्यो राजनीति हाँक्ने पार्टीहरू र पार्टीलाई हाँक्ने नेताहरू सडेका हुन् । सडेको राजनीति हुने देशका नेताले जनतालाई सडेको र विषाक्त खाना खान बाध्य बनाउँछन् । पोहोर, भारतबाट भित्र्याईएको केही ट्रक तरकारी र फलफूलमा भरमार विषादि हालेको फेला परेपछि सरकारले केही दिन रोकेको थियो, तर काठमाडौँस्थित भारतीय राजदूतले सरकारलाई लामो पत्र लेखेर ती खाद्य सामग्री बजारमा ल्याएर बिक्री गर्न दिनू भनी दबाब दिएपछि सरकारले ती ट्रक खुरुक्क छोडिदियो र आफ्ना (नागरिक) हरूलाई विषादि भरमार हालेका ती सामग्री खान विवश बनायो ।

अर्कातिर आफ्नो स्वास्थ्यमा यत्रो मार पर्दा पनि विरोधमा नउत्रने लाशजस्ता जनताको के कुरा गर्ने ! तरकारीका दलाल ब्यापारीहरू बजार अनुगमन गर्ने कार्यबारे भन्छन्, यो अलिक दिनको खेल हो । त्यसपछि छापा मार्ने यिनै कर्मचारी हामीसँग कमिशन माग्न आइपुग्छन् । झन् धेरै पैसा चाहिने त नेताहरू नै छन् । अहिलेको सरकारमा सबभन्दा ठूलो आहारा भएका नेताहरू छन् । बजार अनुगमन गर्न थालेपछि तत्कालीन आपूर्ति मन्त्री मात्रिका यादबले बिनाकारण अनुगमन नै रोकिदिएका थिए ।

वाणिज्य विभागको बजार अनुगमन समितिले एकपटकको बजार अनुगमनमा ओसिएको बिस्कुट फेला पारेर खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालाले कारवाहीको निम्ति काठमाडौँ जिल्ला प्रशासनलाई सिफारिस गरेछ । उसले कारवाही नै नगरी सिफारिश थन्क्याएछ । पछि बुझ्दा थाहा भयो, जिल्ला प्रशासनले नै ओसिएर कुहिन थालेको बिस्कुटको बारेमा यस्तो टिप्पणी लेखेर कारवाही स्थगित गरेछ, “बिस्कुट भनेकै चियामा चोपेर खाईने वस्तु हुनाले ओसिंँदैमा केही नबिग्रने देखिएकोले कारवाही गर्नु नपर्ने ।”

मिति नाघेका र नक्कली औषधी, ढलको जस्तो फोहोर पानी, सडेगलेका मिठाइ, किरा परेको पिठो, ढुङ्गा मिसाएको र विषादि हालेको चामल, कास्टिक सोडा मिसाएको दूध, विषादि हालेको तरकारी र फलफूल, घिउका नाममा जनावरको बोसो नेपालीले खानुपर्ने दिन अझै बाँकी छन् । बल्ल त अलिअलि थाहा हुँदैछ, हामी के खाइरहेका छौँ । यस्तो देशमा अनि मृत्युदण्ड हटाउनु उचित रहेछ त !

यो पनि पढ्नुहोस् है ?

‘प्रेम’को महिना  : प्रेमसम्बन्ध सफल बनाउन अपनाउनुहोस् यस्ता उपाय

सोसियल मिडियाः प्रशंसकदेखि आलोचकसम्मको चौतारो

चिस्सिँदैछ श्रीमान श्रीमतीको सम्बन्ध, यसरी बचाउनुहोस् प्रेम !  

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?