चट्याङ लागेर दुई बालबालिका सहित ३ जनाको मृत्यु

शनिवार दिउँसो करिब १ बजे दाङ्गमा चट्याङ लागेर दुई बालबालिका सहित ३ जनाको ज्यान गएको छ ।

तुलसीपुर उपमहानगरपालिका ७, नवलपुरकी गिता चौधरीकी ७ वर्षीय छोरी सृष्टी चौधरी, सोही स्थानकी ४५ वर्षीय लक्ष्मी आचार्य र घोराही उपमहानगर पालिका–११ हापुराका सुर्यबहादुर पुरीका ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङले हानेर मृत्यु भएको हो ।

उपचारको क्रममा उनीहरुको ज्यान गएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?