धितोपत्र बजारः एक अर्ब ७३ करोड बराबरको शेयर कारोबार

काठमाडौँ, १३ माघ । धितोपत्र बजारमा यस साता रु एक अर्ब ७३ करोड ९० लाख १४ हजार बराबरको शेयर कारोबार भएको छ नेपाल स्टक एक्चेन्ज(नेप्से)काअनुसार कुल १७७ कम्पनीको ५० लाख ५९ हजार ९३० कित्ता शेयर बिक्री भएका थिए कारोबार रकम गत साताको भन्दा ५८ दशमलव ७४ प्रतिशत बढी हो । गत साता १७० कम्पनीको रु एक अर्ब नौ करोड ५४ लाख ८५ हजार बराबरका २४ लाख ६१ हजार ६०० कित्ता शेयर खरिद बिक्री भएका थिए साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ८६ अंकले बढेर अन्तिम दिन एक हजार ४०४ दशमलव ५३ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा शुन्य दशमलव ३१ अंकले बढेर २९६ दशमलव ४१ अंकमा आइपुगेको छ यस साता कारोबार रकमका आधारमा सानिमा माई हाइड्रोपावर लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको रु १६ करोड सात लाख ६० हजार बराबरको शेयर कारोबार भएको छ त्यसैगरी कारोबार भएको शेयर संख्याका आधारमा ग्लोबल आइएमई बैंक अग्रस्थानमा छ । सो बैंकको छ लाख १५ हजार कित्ता शेयर कारोबार भएको छ यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?