संविधानका कारण सत्ता हस्तान्तरणमा ढिलाईः प्रधानमन्त्री देउवा

काठमाडौं, १३ माघ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरणमा भइरहेको ढिलाईबारे मुख खोलेका छन् । आफ्ना कारणले नभई संविधानका कारण सत्ता हस्तान्तरणमा ढिलाई भएको देउवाले बताएका छन् शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले संविधानले व्यवस्था गरेको महिलाको सिट लगायत विषयले सत्ता हस्तान्तरणमा केही समय लागेको दाबी गरे अर्को प्रसंगमा देउवाले भने, चाहँदा चाहँदै पनि काम गर्न नसकेको गुनासो गरे निर्वाचन आचार संहिताका कारण पहिला केही काम गर्न नसकेको भन्दै उनले गरेका महत्वपूर्ण र दीर्घकालिन महत्व राख्ने निर्णयमा पनि आलोचना र टिप्पणी हुने गरेको भन्दै आक्रोश समेत पोखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?