भोलिसम्ममा एमाले–माओवादी पार्टी एकताको टुंगो लाग्ने

चितवन, १३ माघ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गठनभन्दा पहिला पार्टी एकता टुङ्ग्याउने क्रममा आफूहरु रहेको बतएका छन् प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार त गठन हुन्छ नै पार्टी एकता त्यो भन्दा अगाडिनै होस् भन्ने आफ्नो चाहना छ भने उनले भने–“मेरो कोशिस भन्नुहुन्छ भने त सरकार गठन भन्दा अघिनै पार्टी एकता हुनु जनभावनाअनुसार पनि हुन्छ । हामीले गरेको प्रतिबद्धता अनुसार पनि हुन्छ ।” आज भोलिनै एउटा निष्कर्षमा पुग्ने तयारीमा रहेको पनि उनले बताए उनले फागुनको दोस्रो हप्ताभित्र सरकार गठन हुने बताए देशको राजनीतिक स्थायित्व हुन र विकासलाई गति दिनका लागि पनि कम्युनिष्टको एउटा बलियो केन्द्र आवश्यक रहेको अध्यक्ष प्रचण्डले विचार व्यक्त गरे अहिलेको काम चलाउ सरकारले गम्भीर प्रकृतिका निर्णय गर्ने गल्ती गरेको उनले बताए उनले अहिलेको निर्णयबाट नेपाली काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै प्रश्न चिन्ह खडा भएको धारणा राखे दाहालले भने–“यसले नेपाली काँग्रेसलाई दीर्घकालीन असर गर्छ भन्ने कुरा साँचो हो ।” सरकारको यो निर्णयप्रति एमाले र माओवादीको मत एउटै रहेको उनले बताए माडीको बाँदरमुढे घटनामा मृत्यु भएकालाई शहीद घोषणा गरिएको विषयमा टिप्पणी गर्दै उनले जस्को नेतृत्वमा सरकार भयो त्यसले आफूखुसी शहीद घोषणा गर्ने प्रक्रिया राम्रो नभएको बताए अध्यक्ष दाहालले भने– “त्यसको एउटा मापदण्ड बनाएर त्यो भित्र रहेर मात्रै शहीद घोषणा गर्नु राम्रो हुन्छ ।” यद्यपि उहाँले शहीद घोषणा गरेकोमा आफ्नो कुनै आपत्ति भने नभएको बताए मधेशवादी दल पनि अब बन्ने वाम गठबन्धनको सरकारमा सहभागी हुने उहाँले विश्वास व्यक्त गरे । मधेसवादी दलहरुले उठाएको संविधान संशोधनको विषयमा पनि समझदारी बन्ने सम्भावना रहेको उनले औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?