९ चैत्र २०७९, बिहीवार

घर्ति अपहरणमा परेको भोलिपल्ट थवाङ पुगे प्रचण्ड

२०७४,भाद्र,३१,शनिवार ११:१९

0
Shares

काठमाडौं, ३१ भदौ ।थवाङ गाउँपालिकाका अध्यक्ष वीर बहादुर घर्तीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले अपहरण गरेको भोलिपल्ट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रोल्पाको थवाङ पुगेका छन ।शुक्रबार राती थवाङ–२ स्थित ससुराली घरमा सुतीरहेका घर्तीलाई नेकपाको विप्लव समुहले अपहरण गरेको थियो ।थवाङमा गाउँसभा उदघाटनमा अध्यक्ष प्रचण्ड जाने भएपछि सो कार्यक्रमलाई प्रभावित पार्ने उद्देश्यले विप्लवका कार्यकर्ताले अपहरण गरिएको हुनसक्ने बताइएको छ ।प्रचण्डका प्रेस सहयोगी मनहरी तिमल्सिनाले आज बिहान अध्यक्ष थवाङ पुगेको जानकारी दिँदै आज नै रोल्पा र रुकुम जिल्लामा आयोजित सभाहरुलाई सम्बोधन गर्ने कार्यक्रम रहेको बताए ।यता नेकपाले सोधपुछका लागि थवाङी जनताले नियन्त्रणमा लिएको दाबी गरेको छ । रोल्पा जनपरिषद् संयोजक लालबहादुर वलीले एक विज्ञप्ति जारी गर्दै क्रान्तिकारी जनताको अपमान गर्ने माओवादी केन्द्रबाट गाउँपालिका अध्यक्ष बनेका घर्तीलाई सम्झाई बुझाई गरेर चाँडै मुक्त गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार ११:१९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले समृद्ध प्रदेश निर्माणतर्फ प्रदेश सरकारका योजना र कार्यक्रम लक्षित गरिएको बताएका छन्। लुम्बिनी

काठमाडौं । संसदीय समितिले सिंहदरबारस्थित पुरानो संसद् भवन नभत्काउन निर्देशन दिएको छ । राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको

काठमाडौं । मन्त्रिपरिषद् विस्तारका लागि गठबन्धनमा आवद्ध शीर्ष नेताहरुको बैठक बसेको छ । बैठकमा सहभागि हुन केही बेरअघि कांग्रेस सभापति

काठमाडौं । बुधबार भएको भैरहवा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको

ताजा समाचार

१० वर्षमा आगलागीका घटना तेब्बर बढ्यो
 २०७९,चैत्र,९,बिहीवार २०:००