शिक्षामा अझै गुणस्तरको लागि राजनीतिक भागवण्डा अन्त्य हुनुपर्छ ः महामन्त्री काफ्ले

काभ्रे १३ माघ । नेपाल विद्यार्थी संघ काठमाडौँ विश्वविद्यालय समितिले एकदिने फुटसल प्रतियोगिता आयोजना गरेको छ । उक्त प्रयोयोगितामा १८ टिम रहभागी रहेका छन् । प्रतियोगिताको उद्घाटन गर्नुहुदै नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेले विद्यार्थीहरुलाई शारिरिक तन्दुरुस्त र खेल क्षेत्रको विकासको लागी यस्ता किसिमको प्रतियोगिता आवश्यक रहेको बताउनुभयो । उहाले नेविसंघले अहिलेसम्म राजनैतिक आन्दोलनको नेतृत्व गरेपनि अब शैक्षिक आन्दोलनमा केन्द्रित हुने भन्दै विश्वबिद्यालय देखि क्याम्पस तहसम्म चल्दै आयको राजनीतिक भागबन्डाको अन्त्य आवश्यक रहेको काफ्लेको तर्क थियो कार्यक्रममा सहमहामन्त्री माधब ढकाल,केन्द्रिय सदस्य भोला नेपाल ,विद्यार्थी नेताहरू डुजाङ शेर्पा,सुमन पान्डे ,काभ्रे जिल्ला काबा अध्यक्ष निरपेश बाजे,काभ्रे बहुमुखी क्याम्पस स्बबियु सभापति योग कायस्थ ,उपसाभापती सागर लामा लगायतका विद्यार्थी नेताहरूको उपस्थिति रहेको नेबि सघका केन्द्रिय सदस्य सुशील भट्टले जानकारी दीनुभयो । कार्यक्रम नेविसंघ काठमाडौ विश्वविद्यालय अध्यक्ष उज्जवल प्रधानको सभापतित्वमा भएको हो  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?