मानिसको अनुहार भएको कुकुर !

काठमाडौं । कुकुर धेरैजसो मानिसहरू सौखका लागि पाल्ने गर्दछन्।

केहि समय अगाडि अमेरिकामा सार्वजनिक भएको एउटा कुकुरको तस्विरले मानिसहरू नै अचम्ममा परेका थिए । कुकुर पनि विभिन्न प्रजातिको हुने गर्छ । तर, योगी नाम गरेको उक्त कुकुरको अनुहारको बनावट ठ्याक्कै मानिसको जस्तै छ । त्यसैले पनि यो कुकुर भाइरल बनेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार योगी अमेरिकाको मैसचुसिट्समा बस्ने च्यान्टल डेसजार्डिनबोको हो । यो कुकुरको अनुहार ठेयाक्कै मानिसको जस्तो देखिन्छ ।

च्यान्टलको साथीले यो कुकुरको फोटोलाई मान्छेको अनुहारसँग मिल्ने कुकुर भनेर सामाजिक सञ्जालमा शेयर गरिसकेपछि योगी भाइरल भएको थियो।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?