गर्भधारण गर्न पनि यहाँ हाकिमको अनुमति चाहिन्छ !

काठमाडौं । सन्तान जन्माउने इच्छा अधिकांश आमाबुबाहरुको हुन्छ । तर जापानमा जो कोही महिलाले पनि गर्भाधारण गर्नका लागि हाकिमको इजाजत लिनुपर्छ । यदि नलिएमा उनीहरुको अपमान हुन्छ ।

जापानको एक कम्पनीले एक महिला कर्मचारीले जानकारी नगराई गर्भवती भएको भन्दै अपमानित गरेको खुलासा भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ती महिला गर्भवती बनेपछि कम्पनीले आफ्ना अन्य २२ महिला कर्मचारीलाई इमेल पठाउँदै वरियताको क्रमलाई भंग गरी गर्भधारण गर्ने गल्ती नगर्न आदेश दिएको हो।

यो कम्पनीमा बच्चा जन्माउँदा मात्र नभई अविवाहित महिला कर्मचारीले विवाह गर्नु परेमा पनि हाकिमलाई जानकारी गराउनु पर्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?