जहाँ मानिस भन्दा धेरै सुँगुर छन् !

काठमाडौं । युरोपेको एउटा देशमा मान्छेको भन्दा सुँगुरको संख्या दोब्बर रहेको छ । डेनमार्कमा मान्छेभन्दा सुँगुरको संख्या दोब्बर बढी भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्याममा उल्लेख छ ।

हालै सार्वजनिक एउटा रिपोर्ट अनुसार डेनमार्कमा हरेक १ सय जना मानिसको तुलनामा २ सय १५ वटा सुँगुर रहेका छन् । यो रिपोर्ट युरोस्टाटले सार्वजनिक गरेको हो ।

युरोपियन युनियनका सबै देशमा गरी मानिसको जनसंख्या १५ करोड छ भने सुँगुरको जनसंख्या ८ करोड ९० लाख रहेको युरोपियन तथ्यांक एजेन्सी युरोस्टाटले जनाएको छ ।

युरोपेली युनियनका देशहरुमा रहेका ८ करोड ९० लाख सुँगुरमध्ये ४० प्रतिशत स्पेन र जर्मनी गरी दुई देशमा रहेका छन् । त्यस्तै फ्रान्स, डेनमार्क, नेदरल्याण्ड र पोल्याण्डमा पनि सुँगुरको संख्या धेरै रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?