नेविसंघको प्रश्नः क्याबिनेटको निर्णयमा मन्त्री जवाफदेही हुन्छ कि प्रधानमन्त्री ?

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणका विषयमा नेपाली कांग्रेसको भातृ संगठनले प्रदर्शन गरेको छ । आज माइतीघर मण्डलामा नेपाल विद्यार्थी संघको अगूवाईमा नेपाली कांग्रेसले आफ्ना भातृ संगठनलाई सडक संघर्षमा उतारेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपमा सक्तारुढ दलका नेताहरुलाई जोगाएर काँग्रेस उपसभापति विजयकुमार गच्छादारलाई विशेष अदालतमा मुद्दा हाल्नु पूर्वाग्रही भएको भन्दै सडक संर्षमा उत्रिएको जनाएको छ ।

काँग्रेसले बिहीबार भ्रातृ संगठनका पदाधिकारीहरूसँग छलफल गरेर सरकार र अख्तियारविरुद्ध सडक संघर्षमा जान निर्देशन दिएको थियो ।

सोहि निर्देशनमा आज भातृसंगठनहरुले विरोध प्रदर्शन गरेका हुन् । नेविसंघ र कांग्रेसले देश भ्रष्ट्राचार मुक्त होस् चाहेको बताएको छ । ललिता निवासको जग्गा प्रकरणमा निर्दोषलाई फसाएर दोषीलाई उन्मुक्ति दिन खोजिएकोले विरोध गर्नुपरेको नेविसंघले स्पस्ट पारेको छ ।

प्रदर्शनमा उत्रिएका भ्रातृ संगठनका नेताहरूले गच्छदारको बचाउका लागि संघर्ष नगरेको स्पष्ट पारेको छ । उनीहरुले अख्तियार पूर्वाग्रही रुपमा गच्छदारविरुद्ध दिएकाले त्यस विरुद्ध संघर्षमा उत्रीएको बताएका हुन् ।

प्रधानमन्त्रीलाई उन्मुक्ति दिन तर त्यही मन्त्रिपरिषद्का सदस्यमाथि मात्रै मुद्दा दर्ता गर्नु न्याय संगत नभएको भन्दै प्रदर्शन गर्नुपरेको नेविसंघका महामन्त्री दीपक भट्टराईले बताए ।

उनीहरुले ‘बालुवाटार जग्गा प्रकरण–आफ्नालाई जोगाउने, अरुलाई फसाउने’, ‘तिलकुमारीलाई जेल, विष्णु पौडेललाई माफी’, क्याबिनेटको निर्णयमा मन्त्री जवाफदेही हुन्छ कि प्रधानमन्त्री’, ‘सरकार तेरो भ्रष्टाचार किन मात्र गच्छदार’ जस्ता नारा लेखिएको प्लेकार्ड सहित प्रदर्शन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?