कृषि क्षेत्रको विकासका लागि झन्डै रु ८० करोडको लगानी

दाङ, १३ माघ । कृषि क्षेत्रको विकासका लागि जिल्लामा करिब रु ८० करोड लगानी भएको छ साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजनाको रु २८ करोड ६५ लाख २७ हजार ४५७ अनुदान र सेवाग्राहीको रु ५० करोड ७९ लाख ६२ हजार २८४ गरी कुल रु ७९ करोड ४४ लाख ८९ हजार ७४१ लगानी भएको आयोजनाका जिल्ला संयोजक हरिप्रसाद शर्माले जानकारी दिए शर्माका अनुसार, तरकारीसम्बन्धी २३, माहुरी २३, च्याउ १०, केरा खेती पाँच, जडीबुटी एक, कोल्डस्टोर दुई, बजार व्यस्थापन पाँच, अदुवा मसला उत्पादन प्रशोधन चार गरी कुल ८१ वटा उप आयोजनामार्फत सो लगानी भएकोे हो यसरी सञ्चालन भएका उत्तः उपआयोजनामध्ये ५७ वटा उपआयोजना सम्पन्न भएका छन् भने तीन वटा योजना सम्झौता हुन नसकेको शर्माले जानकारी दिए । पछिल्लो समयमा जिल्लामा कृषिको क्षेत्रमा लगानी बढेसँगै प्रविधिसमेत फड्को मारेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण विकास अधिकृत पीताम्बर बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?