बगैँचा खन्दा भेटिए यति धेरै महंगा गरगहना !

काठमाडौं । न्युजिल्याण्डमा एउटा अनौठो घटना भएको छ । न्युजिल्याण्डका एक दम्पती क्षणभरमै आधा अर्ब सम्पतीको मालिक बनेका छन् ।

न्युजिल्याण्डको स्टेलन आइल्याण्डमा बस्ने एक दम्पती बिरुवा रोप्नका लागी आफनो बगैँचा खन्दै थिए । बगैँचा खन्ने क्रममा उनीहरुले त्यहाँबाट एक थोत्रो बाकस फला पारे ।

त्यसैबाट उनीहरुको भाग्य चम्कियो । बगैँचामा भेटिएको बाकस भित्रका कुरा देख्दा उनीहरुनै अचम्ममा परे ।

उक्त बाकसभित्र पुराना गरगहना र बहुमुल्य बस्तुहरु राखिएको थियो । बाकस भेटेपछी उनीहरुले प्रहरीलाई खबर गरे ।

प्रहरीले शंका लागेर बाकस खोल्दा उनीहरुले त्यसमा सुनचाँदीका गहनाहरु र पैसा फेला पारे । बाकस भित्र ५२ हजार अमेरिकी डलर बराबरका गहनाहरु थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?