सर्पले टोकेपछि यी व्यक्तिले सर्पकै टाउको चपाए !

काठमाडौं । भारतमा एक व्यक्तिले सर्पले टोकेपछि आफुलाई टोक्ने सर्पको टाउको पनि खाएर बदला लिएका छन् ।

भारतको उत्तरप्रदेशस्थित हर्दोइमा बस्ने सोनेलाल नामका ति व्यक्तिले आफूलाई सर्पले टोकेपछि त्यसको बदलास्वरुप सर्पको टाउको टोकेर छिनालिदिएका छन् ।

सर्पको टाउको चपाएर बेहोस अवस्थामा फेला परेका ती व्यक्तिलाई स्थानीय सामुदायिक अस्पतालमा भर्ना गरिएको थियो । तर डाक्टरले उनको शरीरमा सर्पले डसेको कुनै पनि घाउ नभेटेको बताएका छन् ।

डाक्टरले बताए अनुसार ती व्यक्तिको शरीरमा सर्पले डसेको कुनै घाउ नभएका कारण उनी सर्पले डसेर बेहोस नभएको बरु सर्पको टाउको चपाउँदा त्यसको विष शरीरभित्र गएको हुन सक्ने अनुमान लगाएका छन्।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?