भिटामिन डीको कमीले शरीरमा देखा पर्ने समस्याहरु

भिटामिन डी हाम्रो शरीरलाई चाहिने एउटा अति आवश्यक तत्व हो । भिटामिन डीले हड्डीलाई क्याल्सियम प्रदान गर्न मद्धत गर्छ । भिटामिन डीको कमीले गर्दा शरीरमा धेरै खालका समस्याहरु देखापर्ने गर्छन् त्यसैले हामीले हाम्रो शरीरमा भिटामिन डीको कमी हुन दिन हुदैन । भिटामिन डीको प्रमुख स्रोत घामको किरणलाई मान्ने गरिन्छ । बिहानको घामको किरणमा प्रसस्त मात्रामा भिटामिन डी पाइन्छ भिटामिन डीको कमी हुँदा शरीरले विभिन्न संकेत दिइरहेको हुन्छ । जुन कुराको हामीलाई ख्याल हुदैन भिटामिन डीको कमी हुँदा शरीरमा देखा पर्ने समस्याहरु

  • थकान लागिरहने स् शरीरमा भिटामिन डीको कमी हुँदा थाकिने काम नगर्दा पनि शरीर थाकेको जस्तो हुन्छ । यसले गर्दा तनाव पनि बढ्छ । यस्ता लक्षण देख्नुभएमा कम्तीमा १० मिनेट घाममा बस्नुस् ।
  • जोर्नीमा पीडा स् मांसपेशी तन्केको जस्तो हुने, जोर्नीमा पीडा, हाड दुख्ने र पिठ्युँ दुख्ने जस्ता समस्या देखिएमा अनि कुनै कारणविना नै कपाल झर्न थालेमा भिटामिन डीको कमी भनी बुझ्नुपर्छ ।
  • शरीरको तापक्रम बढ्न स् भिटामिन डीको कमी हुँदा शरीरको तापमान ९८.६ डिग्रीनजिक पुग्छ र शरीरबाट पसिना पनि खुबै आउँछ । यसबाहेक निमोनिया, चिसो लाग्ने र ब्रोंकाइटिसका समस्या पनि छिट्टै निको हुँदैनन् ।
  • चोट छिट्टो ठीक नहुने स् दुर्घटनामा कुनै चोट लागेको छ भने वा हड्डी भाँचिएको छ भने भिटामिन डीको कमीका कारण ठीक हुन लामो समय लाग्छ ।
  • उच्च रक्तचाप स् रक्तचाप र ब्लड सुगरको स्तर उच्च बनिरहनु पनि भिटामिन डीको कमीको एक कारण हुनसक्छ । उच्च रक्तचाप हुँदा मुटुका रोग र मधुमेह पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?