अनन्तको गोलमा थ्री स्टार विजयी

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले बलियो प्रतिद्वन्द्वी संकटा क्लबविरुद्ध जित हात पारेको छ ।

सातदोबाटोमा शुक्रबार भएको खेलमा थ्री स्टारले संकटालाई १-० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्समा थ्री स्टारलाई जित दिलाउन अनन्त तामाङले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा अनन्तले गोल गरेका थिए । उनले खेलको ६१ औं मिनेटमा निर्णायक गोल गरे ।

खेलमा थ्री स्टारका बिक्रम लामा म्यान अफ दि म्याच चुनिए । जितसँगै थ्री स्टार लिगको तेस्रो स्थानमा उक्लिएको छ । थ्री स्टारले ११ खेलमा २० अंक जोडेको छ ।

पराजित संकटा ११ खेलमा १५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?