प्रतिवेदन सार्वजनिक माग गर्दै बालुवाटारमा प्रदर्शन

काठमाडौं, १३ माघ । मधेस आन्दोलनको विस्तृत प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रदर्शन भएको छ प्रर्दशनको नेतृत्व आङकाजी शेर्पा, सुन्दरमणि दिक्षित, आनन्द मिश्रलगायतले गरेका छन् । प्रदर्शनमा करिब २० देखि २५ जना सहभागी रहेका छन् सरकारले मधेस आन्दोलनको विस्तृत प्रतिवेदन पेश गर्न गिरिशचन्द्र लालको नेतृत्वमा समिति गठन गरेको थियो । सो समितिले आफ्नो प्रतिवेदन बुझाइसक्दा समेत सार्वजनिक नगरेको भन्दै उनीहरुले प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?