जसलाई सर्पको विषले केहि असर गर्दैन !

काठमाडौं । संसारमा बिभिन्न खालका अनौठा घटनाहरु हुने गर्दछन् । त्यस्तै एउटा घटना अमेरिकामा पनि भएको छ । अमेरिकाका टिम फ्रिडले जति पनि विषालु सर्प भेट्छन् तिनलाई आफ्नो शरीरका बिभिन्न भागमा टोकाउँने गर्छन् ।

उनी ब्ल्याक माम्बादेखि किङ कोब्राजस्ता अधिक विसालु सर्पलाई उनले डसाइसकेका छन् । तर पनि उनी जिवितै छन् ।अर्थात् कुनै सर्पले टोक्दा पनि उनको शरीरमा विषको केहि प्रभाव पर्दैन ।

पछिल्लो २० वर्षमा उनले २ सय वटा सर्पलाई आफ्नो शरीर डसाएका छन् । त्यही क्रममा उनले आफैँले ७ सय पटक एण्टी स्नेक भेनम पनि लगाएका छन् ।

कति सर्पले डस्दा विष नछोड्ने गरेको र कतिको विष नै नलाग्ने उनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यामसँगको कुराकानीमा बताएका छन् । उनले आफ्नो घरमा पनि धेरै विषालु सर्प पालेका छन् ।

लिभरपुल स्कुल अफ ट्रपिकल मेडिसिनका डा.स्टुवर्ट एन्सर्वले यस्तो कार्य गर्नु खतरा र अनैतिक भएको बताएका छन् ।

यस्ता व्यक्तिसँग आफू काम गर्न नसक्ने उनको भनाई छ । टिम फ्रिडेले सर्पले डसाउँदै भिडियो बनाएर युट्युबमा हाल्ने पनि गरेका छन् ।

उनले अन्य व्यक्ति भन्दा आफ्नो शरीरमा दुई गुणा धेरै विष सहने शक्ति भएको ल्यावरोटरी परीक्षणबाट प्रमाणित भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामलाई बताएका हुन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?