निमोनिया लाग्नुको कारण र यसबाट बच्ने उपाय

हाम्रो फोक्शोमा भाइरस वा ब्याक्टेरियाको संक्रमण भयो भने हामीलाई निमोनिया हुने गर्छ । निमोनिया श्वासप्रश्वाससँग सम्बन्धित एक रोग हो । यसले फोक्शोमा समस्या ल्याउँछ । रुघाखोकी समस्यामा नै निको नभएमा पनि हामीलाई निमोनिया हुने गर्छ । निमोनियाको संक्रमणले गर्दा शरीरमा आवश्यक अक्शिजनको आपूर्ति हुन पाउँदैन । यसले गर्दा मानिसको ज्यान पनि जान सक्छ निमोनिया हुनुको प्रमुख कारण

  • फोक्सोमा भाइरस, ब्याक्टेरीया र फंगल्सको संक्रमण, लगातारको रुघाखोकीका कारण निमोनिया हुन्छ ।
  • कहिलेकही रुघाखोकी नलागी अन्य कारणले पनि निमोनिया हुन सक्छ ।
  • एक पटक निमोनिया भइसकेको तर राम्रोसँग उपचार भएको छैन भने त्यस्ता व्यक्तिमा पटक पटक दोहोरीन सक्छ ।
  • संक्रमित मानिसको संर्सगबाट पनि निमोनियाको सम्भावना बढी हुन्छ ।

रोकथाम

  • रुघाखोकी लागेका मानिसबाट टाडै बस्ने ।
  • बालबालिकालाई निमोनिया विरुद्धको खोप दिने ।
  • धुँवा धुँलोबाट बच्ने ।
  • निमोनियाको औषधि चिकित्सकले दिएको समयमा नछाडी सेवन गर्नु पर्छ ।
  • रुघाखोकीमा हेलचेक्रयाइ नगर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?