सम्बन्ध दिगो बनाउँन यी मोडलले गरिन् कुकुरसँग विवाह !

काठमाडौं । बेलायतकी पूर्व मोडल इलिजावेथ होडले कुकुरसँग विवाह गरेकी छन्। २ सय २१ जना केटासँगको प्रेम असफल भएपछि उनले आफ्नो घरपालुवा कुकुर लोगनसँग विवाह गरेकी हुन् ।

४९ वर्षकी इलिजावेथले टेलिभिजन कार्यक्रमको प्रत्यक्ष प्रसारणमा पालुवा कुकुरसँग विवाह गरेपछि धेरै मानिसहरू अचम्ममा परेका थिए ।

इलिजा सन् १९९० को दशककी चर्चित पेज ३ मोडल हुन् । तर कुकुरसँग विवाह गर्ने उनी पहिलो व्यक्ति भने होइनन् ।

उनको एक २५ वर्षीय छोरासमेत छन् । ८ वर्षमा २२० जना पुरुषहरूलाई डेट गरिसकेको र धेरैपटकको सम्बन्ध विच्छेद तथा प्रेम सम्बन्ध असफल भएपछि सम्बन्धमा दीगोपन होस् भन्ने सोचेर आफ्नो कुकुरसँग विवाह गरेको इलिजावेथले बताएकी छन् ।

कुकुर मानिसजस्ता धोकेबाज नहुने र लोगनले एकपटक उनको ज्यान बँचाएको भएर लोगेनसँग विवाह गरेको उनले बताएकी छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?