श्रीमतीले लड्डु मात्र खान दिएको भन्दै श्रीमानले मागे सम्बन्धबिच्छेद !

काठमाडौं । सम्बन्ध विच्छेद बिभिन्न कारणहरुले गर्दा हुने गर्दछ । तर कुनै सम्बन्ध बिच्छेदका घटनाहरु अचम्म र अनौठो तरिकाले भएका छन् ।

यस्तै एउटा अनौठो एउटा घटना भारतको उत्तर प्रदेश स्थित मरेठ जिल्लामा पनि भएको छ । जहाँ श्रीमतीले लड्डु मात्र खान दिएको भन्दैश्रीमानले सम्बन्ध विच्छेदको निवेदन दिएका छन् ।

मेरठ जिल्लाको फेमिलि कोर्टमा श्रीमतीले बिहान बेलुका ४ वटा लड्डु मात्र खान दिएको भन्दै पतिले सम्बन्ध विच्छेदका लागि निवेदन दिएका छन् ।

श्रीमानले लड्डुका अलावा अन्य केही खानेकुरा नदिएको आरोप लगाउँदै श्रीमानले सम्बन्ध विच्छेदका लागि निवेदन दिएको खबर भारतीय सञ्चारमाध्यामहमा प्रकाशित छ ।

श्रीमानका अनुसार अन्धधविश्वास तथा तान्त्रीकले भनेकै कारण पत्नीले बिहान ४ वटा लड्डु तथा बेलुका ४ वटा लड्डु मात्र खान दिएको उनको आरोप छ ।

पति केही समय पहिले बिमारी भएका कारण पत्नीले तान्त्रीकलाई देखाएको र तान्त्रीकले नियमित लड्डु ख्वाउन सल्लाह दिएकोले पत्नीले यस्तो गरेको उनले बताएका छन्।

मेरठ फैमिली कोर्टका काउन्सिलरका अनुसार, यो मामिला सुनेर आफूहरू नै हैरान रहेको र आफूहरूले यी दुईलाई सुझावका लागि बोलाए पनि उनीहरूको अन्धविश्वासको उपचार गर्न नसक्ने बताएका छन् ।

दुवैको विवाह भएको १० वर्ष भइसकेको छ। उनीहरूका तीन बच्चा पनि छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?