सप्ताहव्यापी ‘भ्यालेनटाइन डे’ मा रोज डे नै किन शुरुमा मनाइन्छ ?

काठमाडौं । भ्यालेनटाइन डेको सप्ताह आजबाट शुरु भएको छ । युवा वर्गले यी दिनहरुलाई धेरै नै कुरेर बसेका हुन्छन् । भ्यालेनटाइन डेको सप्ताह ‘रोज डे’बाट शुरु हुन्छ ।

यो दिन एक अर्कालाई गुलाफ दिएर खुसीयाली मनाउँने गरिन्छ । तर के तपाईले भ्यालेनटाइन डेको शुरुवात किन रोज डेबाट नै हुन्छ भन्ने बारेमा थाहा छ ? यदि छैन भने हामी तपाईहरुलाई यसको रहस्य बताउँछौ ।

प्राचीन समयमा भिक्टोरियाई मानिसहरु आफ्नो भावना एक अर्कामा साटासाट गर्नका लागि एक अर्कालाई गुलाफ दिने गर्दथे । गुलाफ बिभिन्न रंगका हुने गर्दछन् ।

तर रातो रंगको गुलाफको प्रयोग भने मायाँ साटासाट गर्नको लागि प्रयोग गरिन्छ । युवा युवतीहरु धेरै मायाँ एक अर्कामा होस् भनेर रातो गुलाफ दिएर भ्यालेनटाइन डेको सप्ताह शुरु गर्दछन्

। किनभने रातो गुलाफ एक अर्कामा साटासाट गर्दा मायाँ गाडा हुने विश्वास छ । रातो गुलाफलाई प्रेमको प्रतिक पनि मान्ने गरिन्छ ।

त्यसैले सप्ताहब्यापी भ्यालेनटाइन डेको पहिलो दिन रोज डेबाट शुरु हुन्छ । साथै रातो रंग प्रेमको प्रतिक पनि मान्ने गरिन्छ । त्यसैले पनि रातो गुलाफ भ्यालेनटाइन डेको पहिलो दिन नै मनाउँने गरिन्छ ।

पिंक कलरको गुलाफ आभार प्रकट गर्न, पहेँलो गुलाफ साथीको प्रतिकको रुपमा प्रयोग गर्ने गरिन्छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?