विराजको ‘साङ्लो’ र विपिन अभिनित ‘सेल्फी किङ्ग’ एकैसाथ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘सेल्फी किङ्ग’ र ‘साङ्लो’ आजदेखि प्रदर्शनमा आएका छन्। नेपाली फिल्मले दशैँयता बक्स अफिसमा आशा गरिए अनुसारको व्यापार गर्न असमर्थ भईरहेका बेला यी दुई चलचित्र एकैसाथ प्रदर्शनीमा आएका हुन् ।

‘साङ्लो’ र ‘सेल्फी किङ्ग’ दर्शकको रुचिका हिसाबले केही फरक छन्। तर, दुवै चलचित्र एकैसाथ प्रदर्शनमा आउँदा व्यवसायिक रुपमा केही न केही घाटा हुने सम्भावना देखिन्छ ।

लामो समयपछि नेपाली चलचित्रमा कमब्याक गरेका अभिनेता विराज भट्टको निर्देशन तथा अभिनय रहेको ‘साङ्लो’ को बारेमा पनि राम्रै चर्चा चलिरहेका छ। यो फिल्ममा फिल्म युनिटले सार्वजनिक गरेका गीत, ट्रेलर र पोस्टरले दर्शकलाई फिल्मप्रति उत्साहित बनाएको छ।

अभिनेता विराज आफैले निर्देशन र निर्माण गरेको यो चलचित्र धेरै दर्शकका लागि चासोको विषय पनि बनेको छ । ‘साङ्लो’ मा दर्शकले एक्सन, रोमान्स र विराज भट्टको सिक्स प्याक बडी देख्न पाउँनेछन् । फिल्ममा सन् २०१७ की मिस नेपाल निकिता चाण्डक मुख्य भूमिका छिन्।

त्यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘सेल्फी किङ’ को चर्चा उत्तिकै छ। विपिन कार्कीको मुख्य भूमिकामा रहेको यो चलचित्रमा विपिनले हाँस्यकलाकारको भूमिका निभाएका छन्।

विपिनसँगै लक्ष्मी बर्देवा, जीवन भट्टराई, अभय बराल, भुवन चन्द, कमल देवकोटा लगायतका कलाकारको पनि अभिनय छ । फिल्म विशाल सापकोटाको लेखन तथा निर्देशनमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?