बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भएको छ । बिहीवार प्रतितोला छापावाला सुनको मूल्य ७५ हजार २ सय रहेको थियो । भने आज मूल्य तोलामा ४ सयले बृद्धि भइ प्रतितोला सुन ७५ हजार ६ सय कायम भइ कारोवार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य ७५ हजार ३ सय रहेको छ ।

साथै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बृद्धि भएको छ । बिहीवार प्रतितोला चाँदीको मूल्य ८ सय ७५ रुपैयाँ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी ८ सय ८५ कायम भइ कारोवार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?