काठमाडौं । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयले चालू आर्थिक वर्षको छ महिनामा वजेट कार्यान्वयनमा ७०.५ प्रतिशत प्रगति हासिल गरेको छ ।
मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले अर्धवार्षिक प्रगति समीक्षा बैठकमा वार्षिक, नीति, कार्यक्रम र बजेट कार्यान्वयन, कार्ययोजना, चरणबद्ध उपलब्धि र मुख्य उपलब्धि सूचकको आधारमा सो प्रगति हासिल गरिएको जानकारी दिए।
बिहीबार मन्त्रालयमा आयोजित बैठककमा श्रम, रोजगार तथा सामाजिक विकास मन्त्री रामेश्वरराय यावदले आन्तरिक रोजगारी प्रवद्र्धन हुने गरी रोजगारीका क्षेत्र खोजी गर्नुपर्ने बताए । उहाँले सीपमूलक तालीमलाई थप प्रभावकारी बनाउनु, आन्तरिक रोजगारी, स्वरोजगारी र वैदेशिक रोजगारीलाई उपलब्धिमूलक निर्देशन दिए ।
सचिव विनोद केसीले कार्यक्रम कार्यान्वयनमा प्रभावकारिता देखाउन बाँकी खरीदको सूचना चाँडै नै प्रकाशन गर्न मन्त्रालय मातहतका निकायलाई निर्देशन दिए। उनले श्रम सम्बन्ध असल राख्न, वैदेशिक रोजगारीमा ठगी र अनियमितता अन्त्य गर्न, आन्तरिक रोजगारीलाई प्रोत्साहन दिन र सामाजिक सुरक्षा कोषमा आबद्धता बढाउन मन्त्रालयले जोड दिएको जानकारी दिए ।
बैठकमा विनियोजित कार्यक्रमको हरेक शीर्षकको भएको कार्यप्रगतिको अवस्था, कार्यान्वयन हुन नसकेको कारण र लक्ष्यअनुसार प्रगति हासिल गर्न चाल्नुपर्ने कदमका बारेमा छलफल भएको थियो । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया