विद्यार्थीलाई बुझाउँनका लागि यस्तो तरिका !

काठमाडौं । कुनै पनि शिक्षक शिक्षिकाले आफ्नो विद्यार्थीहरु राम्रोसँग बुझोस् भनेर विभिन्न तरिकाहरु लगाएर पढाउँने गर्छन् ।

यसरी नै पढाउने क्रममा स्पेनकी एक शिक्षिकाले विद्यार्थीलाई बुझाउँनका लागि अनौँठो तरिका अपनाएकी छिन् ।

स्पेनको भालाडोलिडको एक स्कुलमा जीव विज्ञान पढाउने भेरोनिका ड्युक नामकी ति शिक्षिकाले आफ्ना विद्यार्थीहरूले सजिलैसँग बुझून् भनेर आन्तरिक अंगहरू देखाउने कपडा लगाएर कक्षा सञ्चालन गरेकी छिन्।

उनले कक्षामा मानव शरीरका भित्री अंगहरूको चित्रसहितको कपडा लगाएर कक्षाकोठामा गएपछि विद्यार्थी नै चकित बनेका थिए ।

विज्ञान, कला, अंग्रेजी र स्पेनिस पढाउने ४३ वर्षकी भेरोनिका आफ्नो पढाउने फरक तरिकाबाटै चर्चित छिन् ।

विद्यार्थीलाई चित्र बनाएर पढाउन गाह्रो हुने, र विद्यार्थीहरूले पनि बुझ्न गाह्रो भएपछि उनले यस्तो तरिका अपनाएको बताएकी छन् ।

उनले अनलाइनमा त्यस प्रकारको कपडा भेटेको र त्यो लगाएर पढाउँदा विद्यार्थीहरुले छिटै बुझ्ने भन्ने मनशायले पढाउँन कक्षकोठामा पसेको बताएकी छिन् । उनले इतिहास पढाउँदा ऐतिहासिक पात्रको भेषभूषा लगाएर पढाउँछिन् ।

शिक्षिकाका पतिले ट्विटरमा आफ्नी पत्नीको तस्वीर पोस्ट गर्दै आठ वर्षका बालबालिकालाई पाठ बुझाउँनका लागि यस्तो तरिका अपनाएको बताएका छन्।

धेरैले उनलाई सामाजिक सञ्जालमा सकरात्मक प्रतिक्रिया पनि दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?