काठमाडौं । विभागीय डर्बीमा एपीएफ क्लबलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोमा बिहिबार भएको खेलमा एपीएफलाई २-१ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । एन्फा कम्प्लेक्समा आर्मीको जितमा सन्तोष तामाङ नायक बने । आर्मीको जितमा दुवै गोल सन्तोषले गरे । एपीएफका आशिष लामाले एक गोल फर्काए ।
खेलको १६ औं मिनेटमा सन्तोषले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा आशिषले गोल गर्दै एपीएफलाई १(१ गोलको बराबरीमा ल्याए ।
तर, खेलको ४२ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २(१ को जित दिलाए । एपीएफका गोलरक्षक राजुले डिबक्स बाहिर आएर बल छोएपछी पाएको फ्रिकिकमा सन्तोषले उत्कृष्ट गोल गरे ।
जितसँगै आर्मीले ११ खेलमा २६ अंक जोडेको छ । र, मछिन्द्र फुटबल क्लबलाई १ अंकले पछि पार्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो । मछिन्द्रको २५ अंक रहेको छ ।
आर्मीसँगको हारसँगै एपीएफलाई भने रेलिगेशनको डर कायम रहेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको एपीएफको ५ अंक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया