सरकारी कार्यालयमा स्तनपान कक्ष निर्माण

पाँचथर, १३ माघ । पाँचथर जिल्लामा सरकारी कार्यालयमा पहिलो पटक स्तनपान कक्ष निर्माण गरिएको छ सु–आहाराको सहयोगमा जिल्ला प्रशासन कार्यालय पाँचथरमा निर्माण गरिएको कक्षको फिदिम नगरपालिकाको उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले शुभारम्भ गरिन् स्तनपान कक्ष निर्माण पश्चात सेवा लिन आउने स्तनपान गराइरहेका महिलालाई स्तनपान गर्न सहज होस् भन्ने उद्देश्यले यो कक्षको निर्माण गरिएको सु–आहाराका पाँचथर जिल्ला संयोजक भरत शर्माले जानकारी गराए यस कक्षमा सु–आहाराले बच्चाको लागि कोक्रो, खेलौना, पंखा, कार्पेट, पानी पिउने फिल्टर लगायतका सामग्री उपलब्ध गराएको छ आगामी दिनमा यस कक्षको फिल्डमा खटिएका कर्मचारीले रेखदेख र संरक्षणको निम्ति काम गर्ने सु–आहारा पाँचथरले जनाएको छ कार्यक्रममा फिदिम नगरपालिकाका प्रमुख ओनाहाङ नेम्बाङ, उपप्रमुख श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईं, नेकपा (एमाले) का जिल्ला सचिव तिवेन्द्रराज चापाँगाईं, नेपाली काँग्रेस जिल्ला सचिव रुपनारायण जवेगु, नेकपा (माओवादी केन्द्र) का मेदनी खत्री, संघीय समाजवादीको तर्फबाट विर्खबहादुर वाइबा, राप्रपा प्रजातान्त्रिकका तर्फबाट राजकुमार जोशी, नेकपा मालेका लयप्रसाद बास्कोटा, स–आहारा पाँचथरका प्रमुख शर्मा, नेपाल पत्रकार महासंघ पाँचथरकी निर्वतमान कोषाध्यक्ष बिमला ढकाल लगायतले बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?