युएई तेक्वान्दो च्याम्पियनसिपमा नेपालका करणलाई कास्य

काठमाडौं । नेपालका करण चन्दले दुबई फुजैराह अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप जी टूमा कास्य पदक हात पारेका छन् । युएईको दुबईमा भएको च्याम्पियनसिपको पुरुष ८७ केजी माथि चन्दले ५ जना खेलाडीलाई हराएर कास्य हात पारेका हुन् ।

च्याम्पियनसिपमा ४३ देशका २ हजार बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । यस च्याम्पियनसिप युएईको सबैभन्दा ठुलो तेक्वान्दो प्रतियोगिता पनि हो ।

यस अघि चन्दले चौंथो युएई कोरियन फ्रेन्डसिप तेक्वान्दोमा स्वर्ण जितेका थिए । यस्तै दुबईको इमिरेट्स फुजेरामा भएको अन्तरार्ष्ट्रिय प्रतियोगितामा दुबई पुलिस क्लबबाट उनले स्वर्ण जितेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?