काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी विभागीय डर्बीको पहिलो हाफ सकिदा आर्मीले २-१ को अग्रता बनाएको छ । अघि खेलको १६ औं मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई सुरुवाती अग्रता दिलाए ।
खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै खेल बराबरीमा ल्याए । तर, खेलको ४२ औं मिनेटमा सन्तोषले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई २-१ को अग्रता दिलाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया