कमिला किन जहिल्यै ताँतीमा हिँड्दछ ?

काठमाडौं । वातावरणलाई सन्तुलन बनाईराख्न संसारमा बिभिन्न जनावरहरुको उत्पत्ति भएको छ । त्यसै मध्येमा कमिला पनि एउटा सानो जीव हो ।

तर तपाईले कमिला किन सधैँ एक लाईनमा (ताँती) मा मात्र हिड्छ भन्ने कुरा विचार गर्नु भएको छ ? यदि छैन भने हामी तपाईहरुलाई यसको रहस्य बताउँछौँ ।

कमिलाको ताँतीमा भाले कमिला, पोथी कमिला र एउटा रानी कमिला हुन्छन् । भाले कमिलाको पखेटा हुन्छ तर पोथी कमिलाको पखेटा हुँदैन ।

अन्टार्टिका बाहेक संसारका हरेक ठाउँमा लगभग १२ हजार प्रजातिका कमिलाहरु छन् । विश्वको सबैभन्दा विषालु कमिला भने ब्राजिलको अमेजनमा पाइन्छ ।

त्यो कमिलाले टोकेको एउटा बन्दुकको गोलीले लागेको जस्तै महशुस हुन्छ । त्यो कमिलाको आँखा भएपनि देख्न सक्दैन ।

कमिलाहरु जब खाना खानको लागि बाहिर ताँतिका हिँड्छन् तब रानी कमिलाले. बाटोमा फेरोमोन्स नामको रसायन छोड्दछ ।

जसका कारण त्यसको वास्ना लिँदै अन्य कमिलाहरु प्नि पछाडि पछाडि हिँड्छन् । त्यसैले कमिलाहरु एकै ताँतीमा हिँड्ने गर्दछन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?