८०३ किलोको फर्सीले बनायो विश्व रेकर्ड !

काठमाडौं । क्यानडामा प्रत्येक वर्ष (पम्पकिन फेस्ट) फर्सी प्रतियोगिता हुन्छ । ब्रुस काउन्टीमा रहेको पोर्ट एल्गिन गाउँमा यो यो प्रतियोगिता आयोजना गरिन्छ ।

प्रतियोगितामा मानिसहरु सयौँ किलो तौल भएका फर्सी लिएर आउँछन् । यो वर्षको फर्सी प्रतियोगितामा क्यामरुनका जेन र फिल हन्ट नामक दम्पत्तिले सबैभन्दा ठूलो फर्सी ल्याएर प्रतियोगिता जितेका छन् ।

दम्पत्तिले प्रतियोगितामा ८०३ दशमलव ५४ किलोग्रामको फर्सी प्रतियोगितामा ल्याएका थिए । उनीहरुले सबैभन्दा ठूलो फर्सी ल्याएर २करोड ५६ लाख रुपैयाँको पुरस्कार प्राप्त गरेका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्याका अनुसार जेन र फिल हन्ट दम्पत्तिले सन् १९९० मा ठूला साग शब्जीहरु राखेर प्रतियोगिता आयोजना गरेको देखेका थिए ।

त्यसपछि उनीहरुले पनि ठूलो आकारका शब्जीहरु उब्जाएर विश्व रेकर्ड राख्ने चाहाना थियो । जुन उनीहरुले यो वर्षको प्रतियोगितामा आएर पुरा गरेका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?