काठमाडौं । नेपाली राष्ट्रिय टोलीका सदस्य अनिता बस्नेत सम्मेलित सेथु एफसी भारतको हिरो महिला लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बैंगलोर फुटबल स्टेडियममा बिहिबार बरोडा एफसीलाई ६–० गोल अन्तरले पराजित गर्दै सेथु समूह ‘ए’ बाट अन्तिम चारमा पुगेको हो ।साविक विजेता समेत रहेको सेथुको जितमा सन्ध्याले चार गोल गरिन् । यस्तै कार्तिका र आम्सा भल्लीले एक एक गोल गरिन् ।
यस समूहबाट कृप्सा एफसी यस अघि नै सेमिफाइनलमा पुगिसकेको छ ।
मिडफिल्डर अनिता दोस्रो सिजन सेथुबाट खेलिरहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया