भ्रष्टाचार तितरवितर गरेको सहन नसकेर प्रतिपक्षी दलले विरोध गरे : सांसद विडारी

काठमाडौं । ललिता निवास प्रकरण्मा अख्तियारले गरेको निर्णय भेदभावपूर्ण रहेको भन्दै प्रतिपक्षी दलले विरोध जनाइरहँदा सत्तापक्षका सांसदले भने उक्त निर्णयको बचाउ गरेका छन् ।

राष्ट्रियसभा बैठकमो विशेष समयमा बोल्दै सांसद रामनारायण विडारीले देशको प्रगति रोक्ने हतियारका रुपमा रहेको भ्रष्टाचार तितरवितर गरेको सहन नसकेर प्रतिपक्षी दलले विरोध गरेको बताए ।

बिहीबारको बैठकमा उनले मुलुकमा भ्रष्टाचार व्याप्त हुँदा खुसी मनाउने तर ओली नेतृत्वको सरकारले भ्रष्टाचारीलाई कारवाही गर्न आक्रामक अरुमा अघि बढेपछि विरोध गर्ने भन्दै अख्यितारको निर्णयको बचाउ गरे ।

सत्तारुढ दलका वरिष्ठ माधव कुमार नेपाल, महाचिव विष्णु पौडेल लगायतविरुद्ध मुद्धा दायर नभएको र नेपाली कांग्रेस उपभापति विजयकुमार गच्छदार विरुद्ध मुद्धा दायर हुनु वदनियतपूर्ण भएको भन्दै कांग्रेसले विरोध जनाइरहेका बेला उनले यस्तो बताए । उनले भने, ‘‘भ्रष्टाचार व्याप्त गराए । बडो खुसी मनाए व्याप्त छ भनुन्जेल । जटिल बनाएर राखे भ्रष्टाचारलाई । यस्तो जटिल बनाए कसैले पनि त्यहाँ गएर एक्सन गर्नै नसक्ने भए । त्यस्तो बनाउँदा खुसी भएर हाँसे । विगतदेखि यस्तै यस्तै भयो । वर्तमान ओली नेतृत्वको नेपाल सरकारले त्यो जमेर । संगठित भएर । त्यो भित्रभित्रै ब्यापक फैलिएर बसेको आपराधिक कार्य फोर्दै, तोड्दै आक्रामक रुपमा प्रहार गर्दै आयो । यसमा त सबैजना खुसी हुनुपर्ने हो नी । वाह वाह गजब गर्यो भन्नुपर्ने हो नी ।’’

‘सुन तस्करी गरे । सुन चोरेर ल्याए । मस्तसँग चोरे । चोर्नेको कुरा एउटा विचराले देख्यो । त्यसलाई पनि गोली हानेर मारे । अनि त्यो मुद्धा मारेर क्या मजासँग गदगद हाँसेर बसे । यहि सरकारले त्यो सुन तस्करहरुलाई खोज्यो । समात्यो पक्राउ ग¥यो । विदेशमा गएका समेतलाई ल्यायो । झ्यालखानमा हाल्यो । खोइ ठूलो माछा भनेर उफ्रिन्छ । फेरी त्यसलाई कत्रो ठूलो माछा चाहिएको रहेछ । यो पनि बुझ्न सकिएन्’, उहाँले भन्नुभयो उनले भने ।

न्यायाधीहरुलाई कारवाही गर्न सुरु गर्दा सबैले राजीनामा दिएर भागेको उल्लेख गर्दे उनले बताए । अहिले अख्तियारका पूर्व प्रमुख आयुक्त र आयुक्तहरुविरुद्ध भ्रष्टाचार मुद्धा दायर भएको र लामोसमय सत्ताको वरिपरि रहेका व्यक्तिहरुलाई समेत मुद्धा दायर भएको बताए । ‘‘लामो समयसम्म पदमा बसेको उपप्रधानमन्त्री, मन्त्री सचिव, धनाड्य घरनाहरु, उद्योगपति, र अपराधि कर्मचारीलाई सजाय गर्न मुद्धा चलाउने सरकार र आयोगलाई धन्यवाद दिनुपर्नेमा मेरो मान्छेलाई किन कारवाही गरियो भनेर विरोध भइरहेको छ,’’, उनले भने, ‘‘यो सरकारले गजब ग¥यो अब केही हुन्छ पो भन्नुपर्ने होइन र ? एकथरी मान्छे सधै विरोध, कारवाही नगरे खै कारवाही भन्छ, कारवाही गरे फलानो लाई किन नगरेको मेरो मान्छेलाई किन ग-या त्यो अर्कोलाई किन नग-या भन्छ ।’’

उनले मनसायपूर्ण रुपमा गरिएको कामलाई अपराध मानिने तर अञ्जानमा गरिएको कामर्लाइ अपराध मान्न नसकिने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?