एक्सन र स्टन्टले भरिपूर्ण ‘बागी-३’ को ट्रेलर सार्वजनिक (भिडियोसहित)

काठमाडौं । बलिउड अभिनेता टाइगर श्रफको सुपरहिट फ्रेन्चाइजी बागीको तेश्रो फिल्म ‘बागी-३’ को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्ममा टाइगरले श्रद्धा कपुरका साथ रोमान्स गरेको देख्न सकिन्छ । फिल्ममा टाइगरको दमदार एक्शन तथा फाइट सीन देख्न सकिन्छ ।

३ मिनेट ४१ सेकेण्डको यो ट्रेलरमा टाइगर श्रफ एक पछि अर्काे जबरदस्त स्टन्ट गरिरहेको देख्न सकिन्छ । ट्रेलरका अनुसार टाइगर आफ्ना भाई (रितेश देशमुख) लाई बचाउँनको लागि हर किसिमका पस्थितिलाई पार गर्छन् ।

आफ्नो भाईलाई बचाउँनको लागि उनी सिरियासम्म जान्छन् । फिल्ममा स्टन्ट तथा एक्सनमा धेरै देखिने टाइगर श्रफलाई शर्टलेशमा पनि देख्न सकिन्छ ।

दर्शकहरुले उनको यो ट्रेलरलाई धेरै रुचाएका छन् । श्रद्धा कपुर पनि फिल्ममा एक्सन प्याक्ड पर्फाेमेन्समा देख्न सकिन्छ ।

फिल्ममा रितेश देशमुख पुलिस अफिसरको बन्नको लागि पढिरहेका हुन्छन् । उनलाई एक विद्यार्थीको भूमिकामा देख्न सकिन्छ ।

श्रद्धा कपुरको लुक्स फिल्ममा सिम्पल राखिएको छ । अंकिता लोखन्डेले फिल्ममा श्रद्धाको साथीको भूमिकामा अभिनय गरेकी छिन् भने फिल्मको निर्देशन अहमद खानले गरेका छन् ।

यो फिल्म सिनेमाघरमा आउँदो  ६ मार्चमा सार्वजनिक हुँदै छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?