प्रेमीलाई घरमा बोलाएको बेला जब श्रीमान आइपुगे !

काठमाडौं । एक पुरुष एक विवाहित महिलासँग अफेयरमा थिए । त्यसैले उनी विवाहित महिलाका श्रीमान घरमा नभएको दिन पारेर महिलाको घरमा गएका थिए । तर त्यो दिन नै अकस्मात महिलाका श्रीमान घर आए ।

महिलाका श्रीमान घर आएपछि ति महिलाका प्रेमी केहि सोच्न नसकेर झ्यालबाट नाङ्गै भागेका छन् । साथै उनी भाग्ने क्रममा घरको २० फिट माथिबाट जमिनमा खसेका छन् ।

यो भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार यो घटना स्विट्जरल्याण्डको हो ।भिडियोमा महिलाका प्रेमी उनका श्रीमान आएपछि झ्यालमा केहिबेर झुन्डिन्छन् । तर उनी धेरै समयसम्म त्यहाँ झुन्डिएर बन सक्दैनन् र जमिनमा पछारिन्छन् ।

यनले झ्यालमा झुन्डिँदा मोजा र अन्डर वेयरमात्र लगाएर झुन्डिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । उनी झ्यालबाट तल खस्दा तल रहेको सेतो कारमा झरेका थिए ।

कारमा ठोक्किएर ति व्यक्ति जमिनमा झर्छन् । त्यहि मानिसको भिडियो एक महिलाले बनाईरहेकी थिइन् । त्यो मानिस जमिनमा पछारिने बित्तिकै उनले ओह माइ गड भन्दै चिच्याउँन थाल्छिन् त्यसपछि सबैलाई यो बारेमा थाहा हुन्छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यामका अनुसार ति व्यक्तिको उक्त महिलासँग अफेयर चलिरहेको थियो । ति व्यक्ति महिलाका पति आएर ढोका बजाउँना साथ झ्यालबाटै भाग्न लागेका थिए ।

तर भाग्ने क्रममा ति व्यक्ति घरको २० फिट माथिबाट जमिनमा झरेका थिए ।

एजेन्सीकको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?