अमेरिकाद्वारा ओमानलाई २ सय १४ रनको लक्ष्य

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकाले ओमानलाई जितका लागि २ सय १४ रनको लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा अलआउट हुँदै २ सय १३ रन बनायो ।

सिरिज अन्तर्गत पहिलो खेलमा ओमानले नेपाललाई १८ रनले हराएको थियो । लिगमा अमेरिका ८ खेलमा ६ जित हात पार्दै १२ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

ओमान ७ खेलमा ५ जित सहित १० अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?