काठमाडौं । मछिन्द्र फुटबल क्लब सहिद स्मारक ए डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
सातदोबाटोमा बिहिबार भएको खेलमा पुछारको क्लब सरस्वती युथ क्लबलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मछिन्द्र लिगको शीर्ष स्थानमा उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा मछिन्द्रको फराकिलो जितमा दिपक राईले दुई गोल गरे । यस्तै देवेन्द्र तामाङ, एडिलाजा सोमिडे, आन्द्रेस निया र विशाल राई ले एक एक गोल गरे । मछिन्द्रका काजिम बुसारीले एक गोल फर्काए ।
खेलको ४० औं मिनेटमा देवेन्द्रले गोल गर्दै मछिन्द्रलाई सुरुवाती अग्रता दिलाएका थिए ।
खेलको ५४ औं मिनेटमा दिपकले सरस्वतीका दुई डिफेन्डरलाई जिल्लाउदै गोल गर्दा मछिन्द्रलाई २-० ले अघि रह्यो । ५९ औं मिनेटमा विशालले गोल गर्दै मछिन्द्रलाई ३-० को अग्रता दिलाए ।
खेलको ७७ औं मिनेटमा दिपकले व्यक्तिगत दोस्रो गोल गर्दै मछिन्द्रलाई ४-० को अग्रता दिलाए । खेलको ८७ औं मिनेटमा सरस्वतीका काजिमले पेनाल्टीमा गोल गर्दै खेल ४-१ मा ल्याए ।
तर, खेलको इन्जुरी समयमा सोमिडेले गोल गर्दै मछिन्द्रलाई ५-१ को अग्रता दिलाए । त्यसपछि खेलको अन्तिम केहि समय बाँकी रहदा आन्द्रेसले गोल गर्दै मछिन्द्र लाई ६-१ को फराकिलो जित दिलाए । खेलमा मछिन्द्रका दिपक म्यान अफ दि म्याच चुनिए ।
जितसँगै मछिन्द्रले ११ खेलबाट २५ अंक जोडेको छ । ११ खेलमा ४ अंक जोडेको सरस्वती पुछारमा यथावत रहको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया