कांग्रेसले संसद अवरुद्ध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको बैकठ अवरुद्ध गरेको छ ।

नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा अघि बढ्न सकेन ।

कांग्रेसले आफ्ना सांसद विजयकुमार गच्छदारलाई लाई राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियारले मुद्दा चलाएको भन्दै त्यसलाई अस्वीकार गर्दै संसद अवरोध गर्नुपरेको जनाएको छ । बैठक सुरुमा बोल्दै सांसद पुष्पा भुषलले राजनीतिक पूर्वाग्रहका आधारमा गच्छदारविरुद्ध अख्तियारले मुद्दा दायर गरेकाले त्यसको विरोध गर्दै संसद बैठक अवरुद्ध गर्नुपरेको बताएकी छिन् । कांग्रेस सांसदहरुले उठेर अवरुद्ध गरेका थिए ।

सभामुख अग्निप्रसाद सापकोटाले बारम्बार संसद संचालन गर्न आग्रह गर्दा पनि कांग्रेस सांसदले उठेर  अवरोध गरेपछि भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?