आईसीसीद्वारा भारतलाई पुन: जरिवाना

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई जरिवाना गरेको छ । न्युजिल्याण्डविरुद्धको एकदिवसीय खेलमा स्लो ओभर रेटको कारण आईसीसीले बिसीसीआईलाई जरिवाना गरेको हो ।

ह्यामिल्टनमा बुधबार भएको पहिलो एकदिवसीयमा स्लो ओभर रेटको बलिङ गरेको भन्दै आईसीसीले भारतलाई म्याच फिको ८० प्रतिशत जरिवाना गरेको हो । यस अघि चौंथो टी-ट्वान्टीमा पनि स्लो ओभर रेटको कारण भारतलाई आईसीसीले ४० प्रतिशत म्याच फि जरिवाना गरेको थियो ।

आईसीसी म्याच रेफ्रीका इलाइट प्यानलका सदस्य तथा सो खेलमा म्याच रेफ्री क्रिस बोर्डले कप्तान विराट कोहलीको टिम भारतले चार ओभरमा समय बढी लिएको जनाएका छन् ।

यस्तै खेलाडीलाई २० प्रतिशत म्याच फि जरिवाना गरिएको छ । भारतका कप्तान विराटले जरिवाना स्वीकार गरेका छन् । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?