सहयोगीको दोस्रो त्रैमासमा मुनाफा एक करोड २७ लाख घट्यो

काठमाडौं, १३ माघ । सहयोगी विकास बैंकको दोस्रो त्रैमासमा खुद नाफा एक करोड २७ लाख १८ हजार रुपैयाँले घटेको छ । गत वर्ष यसै अवधिमा बैंकको पाँच करोड ६५ लाख ९५ हजार रुपैयाँ रहेकोमा चार करोड ३८ लाखमा झरेको हो बैंकको ब्याज खर्च दोब्बरले बढ्दा खुद व्याज आम्दानी ९८ लाख रुपैयाँले घट्न पुगेको छ । गत वर्ष दोस्रो त्रैमासमा ११ करोड ३५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा अहिले १० करोड ३७ लाखमा ओर्लिएको हो । सञ्चालन नाफा समेत तीन करोडले घटेर तीन करोड ८४ लाखमा सीमित भएको छ आम्दानी शिर्षकहरु शूल्क तथा कमिशन, अन्य सञ्चालन आम्दानी घट्दा व्याज आम्दानीमा आएको सामान्य सुधारले बैंकको खर्च धान्न नसक्दा त्यसको प्रतक्ष्य असर खुद नाफामा देखिएको छ ३१ करोड ४६ लाखबाट ५० करोड ९६ लाख रुपैयाँ चुक्ता पूँजी कायम गरको बैंकको जगेडा कोषमा १४ करोड ९६ लाख २८ हजार रुपैयाँ सञ्चित रहेको छ बैंकले प्रतिसेयर आम्दानी वार्षिक १७ रुपैयाँ २२ पैसा, प्रतिसेयर नेटवर्थ भने १२९ रुपैयाँ २६ पैसा कायम गरको छ भने कर्जा निक्षेप अनुपात ७०.६०, निक्षेपको लागत ७.५४, आधार व्याजदर १०.९९, र पूँजीकोष अनुपात १९.०२ प्रतिशत कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?