पहिलो हाफ सकिदा मछिन्द्रको अग्रता

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले मछिन्द्र फुटबल क्लब र सरस्वती युथ क्लब प्रतिस्पर्धा गरिरहेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा मछिन्द्रले १-० गोलको अग्रता बनाएको हो । खेलको ४० औं मिनेटमा देवेन्द्र तामाङले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका हुन् ।

मछिन्द्र जित निकाल्दै शीर्ष स्थानमा उक्लन चाहन्छ । सरस्वती पनि जित निकाल्दै रेलिगेशन क्षेत्रबाट माथि उक्लन चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?