१३ मङ्सिर २०७८, सोमवार

एउटा किसान : जस्ले खाडीमा बसेर नेपाली माटोमा सुन फलाउने सपना देखे

२०७४,भाद्र,३१,शनिवार ०९:५६

0
Shares

पासांग तेन्जी शेर्पा किसान हुन तर यत्तिमा मात्रै उनको परिचय समेटिदैन । वैदेशिक रोजगारीमा पटक पटक हण्डर र ठक्कर खाएका एक गतिशिल मानिस पनि हुन । खाडीको ५० डिग्री तापक्रममा काम गरिरहँदा उनी नेपालको माटोमा सुननै फलाउन सकिने सपना बुनेर बस्थे । अहिले उनको सपना विपनामा बदलिदैं छ, किनकि उनी व्यावसायिक किबि खेतीमा कम्मर कसेर लागेका छन ।दोलखामा सर्बाखास कृषि फार्म प्रा.लि.को नामबाट किबि उत्पादन शुरु गरेका पासांग तेन्जीले राजधानीको गोकर्णमा सेकुवा बजार पनि सञ्चालन गरिरहेका छन । थुप्रै समाजिक संघ संस्था, सामाजिक कार्य र सहकारी व्यवस्थापनमा आवद्ध पासांग तेन्जी अब आँफुले उत्पादन गरेको किबिबाट वाईन उत्पादन गर्ने तयारीमा जुटेका छन । दोलखाको सामान्य शेर्पा परिवारमा जन्मिएका पासांग तेन्जी आज स्वदेशी वाईन उत्पादनको तयारी सम्म आई पुग्दा थुप्रै हण्डर खाएर खारिएका छन । त्यसो त उनले नेपालका तत्कालिन महाराजलाई कुवेतमा र महाशक्ति राष्ट्र अमेरिकाका तत्कालिन राष्ट्रपति बिल क्लीन्टनलाई भेट्दाको स्मरण पनि सुनाउने गर्छन । तर त्यो भन्दा महत्वपूर्ण कृषिप्रधान देशमा कृषक बन्नकै लागि उनले गरेको संघर्ष पनि कम मर्मस्पर्शि छैन ।

दोलखा जिल्लाको दुर्गम बस्ति साविक श्याम ५ हाल जिरी नगरपालिका वार्ड न २ यलुंग गाउमा पासांग तेन्जी शेर्पा को जन्म २०३० सालमा बुबा सार्कि कुसंग शेर्पा र आमा पासांग डोली शेर्पा को कोखबाट जन्म भएको थियो । उनको परिवारमा तिन दिदि र एक बहिनी एक दाजु अनि बुबा मुमा गरि ८ जनाको थियो । उनी परिवारको माइला छोरा थिए र उनको शिक्षा गाउको साधारण स्कुल जुन बौद्ध भुवानीस्वारी मा बि बाट शुरुभै ग्रामिणस्तर को शिक्षा मै सिमित रहन पुग्यो र बालककाल देखि मिहनत र केहि गर्छु भन्ने भावनालाई संधै अगाडी बढाउँन चाहन्थे तर बाटो पाउन धेरै गाह्रो भयो र आर्थिक अवस्था कमजोर भएकाकारण उनले उच्च शिक्षा हासिल गर्न सकेनन र रोजगारीको लागि र केहि पाउन को निम्ति मिति २०५० साल तिर यलुंग गाउ देखि राजधानी काठमाडौँ छिरे ।राजधानी काठमाडौँ छिरे संगै पासांग तेन्जीका संघर्षका दिन शुरु भए । राजधानीका सडकमा उभिएर मोजा बेच्ने देखि चिया बेच्ने काम सम्म उनले गरे । तर यि कामबाट पनि उनी सन्तुष्ट हुन सकेनन र उनलाई बैदेशिक रोजगारीमा जाने चाहाना बढ्न थाल्यो । आफ्नो जीवनमा आर्थिक उन्नतीकै लागि पासांग तेन्जी २०५१ साल मा भारत को वनारस, हिमांचल प्रदेश, कुल्लु मनाली र चाईनाको सिमावर्ती शहर खासा तिर भौतारिन थाले । जति भौतारिदाँ पनि उनले आत्म सन्तुष्टि पाउने खालको कुनै रोजगार प्राप्त गर्न सकेनन । २०५४ साल तिर रोजगारीकै लागि उनी खाडी मुलुकको कुवेत पुगे । कुबेतको Ministery of foreign मा लगातर २ वर्ष ६ महिना tea boy को रुपमा काम गरे ।  २ वर्ष ६ महिना को कुवेत बसाइ पछि पासांग तेन्जीलाई उच्च शिक्षा हाँसिल गर्ने हुटहुटी बढ्न थाल्यो । उनी २०५६ साल बैशाखमा नेपाल फर्किए, कुवेतमा रहँदा जम्मा पारेको पैसाले गौशालाको मिनी मार्केटमा एउटा सानो कपडाको पसल किने र उच्च शिक्षा हाँसिल गर्नका लागि मुख्य अंग्रजी विषय लिएर पशुपति क्यामपसमा भर्ना भए । पहिलो वर्षको परिक्षा उनले पास पनि गरे २०५८ साल जेष्ठ १९ गते राजदरबार हत्याकाण्ड भएपछि उनले पढाई छाडिदिए । उनले पढाई छाड्नुमा दरबार हत्याकाण्डको गहिरो छाप दिमागमा बस्नुनै भएको उनी बताउँछन । देशमा माओवादी शसस्त्र विद्रोह उत्कर्षमा थियो । २०५८ सालपछि व्यापार गरेरै जिविकोपार्जन गर्न सकिने स्थिती पासांग तेन्जीले देखेनन् । उनले फेरी वैदेशिक रोजगारीमा जाने निर्णय गरे । यसपटक उनलाई दलालले दुबईमा होटेलको काममा पठाईदिने भनेर एक लाख रुपैयाँ लियो, दलालले उनलाई दुबई पठाउन सकेन, उनले डिपोजीट गरेको पैसा पनि फस्यो । तर पासांग तेन्जीलाई विदेश नगई सुखै थिएन, उनले अर्को मान्छे भेटे , राम बहादुर थिङ्ग । थिङ्गले उनलाई ४ लाख रुपैयाँमा ताइवान पठाइदिने आश्वासन दिए । थिङ्गकै भरोसामा ताईवान हिडेका पासांग तेन्जी थाईल्याण्ड हुँदै चिनको ग्वान्जाउ पुगे, तर उनले ताईवान कस्तो थियो देख्न पनि पाएनन्, उनी नेपाल फर्किए, यसपटक पनि पासांग नराम्रो संग ठगिए । नेपाल आएर उनले अर्को दलाल भेटे , उस्ले पनि चिन सम्म मात्रै लग्यो । यति गर्दा सम्म पासाँग तेन्जीको झण्डै १० लाख रुपैयाँ सकिसकेको थियो । ऋण झनझन बढ्दै गयो । उनी मर्नु न बाँच्नुको अवस्थामा पुगिसेका थिए । उनको ऋण यति सम्म बढिसकेको थियो कि मरेर पनि उनले शान्ती पाउने अवस्था देखेनन्, फेरी ईजरायल जान कस्सिए, सबै कागजात तयार पनि गरे तर ईजरायल जानका लागि लाग्ने ठुलो खर्च उनले जुटाउन सकेनन । यति हण्डर खाँदा पनि पासांग तेन्जी थाकेनन, उनले दुबईमा रहेका आफ्ना जेठानलाई सम्पर्क गरे तर जेठानकै सहयोगमा विना लागत रकम दुबई पुगे । दुबईमा उनले हाउस किपिंगको काम गरे, काम गर्न गारो भएपनि उनले केही रकम कमाउन सके । उनलाई विदेशमा तल्लो दर्जाको नागरिक भएर बस्नुभन्दा नेपालमा नै धेरै गर्न सकिन्छ जस्तो लाग्न थाल्यो । अनि फेरी योजाना बनाए नेपालमा नै केहि गर्छु भनेर दुबई मा रहंदा बिभिन्न काम र केहि गर्न सकिने जस्ता अनुभव पाए । जस्तै मरुभुमिमा गाई पालन गरि दुग्ध जन्य बस्तु को आपूर्ति गरिरहेको, कुखरा पालेर मासु को आपुर्ति हुन्छ भन्ने । नेपाल मा हामीले चाहे के गर्न सकिंदैन भनेर अनि आफ्नो जन्म भुमि नेपाल फर्के ।नेपाल फर्किदा उनीले कमाएको रकम ऋण तिर्दै सकिसकेको थियो । उनीसँग २ लाख जति नेपाली रुपैयाँ भने बाँकि थियो । त्यहि रकमले उनले काठमाण्डौंको गोकर्णमा मासिक १० हजार रुपैयाँ भाडा तिर्ने गरि चिया पसल शुरु गरे । चियापसललाई उनले सेकुवा बजार तथा खाजा घर नामाकरण गरे र श्रीमती, एक छोरा र एक छोरीको भरण पोषण सुरक्षित गरे । उनको खाजा घर राम्रै चलिरहेको थियो, एकदिन सामाजिक सञ्जाल फेसबुक मार्फत भेटिएका ताप्लेजुंग को एक जान बिधार्थी साथी को सल्लाह ले किवी खेतिको गर्ने सुझाव पाए । विदेशमा रहँदम पनि उनमा नेपालको कृषि क्षेत्रमा केही न केही गर्ने सोच थियो । दोलखा स्थित जिल्ला कृषि कार्यालय बागबानिका भू पु अधिकृत चन्द्र मान श्रेष्ठको सहयोग मा पासाँग तेन्जीले कृषि फर्म शुरु गरे र बागबानीबाट किबि खेती सम्बन्धि तालिम लिए । दोलखाका अग्रज किसान श्याम खडकले उनलाई उन्नत जातको किबिको बिरुवा दिए ।रेड,हेवार्ड,अलिसान,बुर्नो,मोंटी र आबर्ट जस्ता बिभिन्न जात को किवीको बिरुवा उनको फार्ममा छन । रेड किवी भने उनलाई डा सुर्य पाण्डेले दिएका थिए । कृषि परियोजनाको लागि उच्च पहाडी हिमालीले २०० बिरुवा सहयोग गरेको थियो । विरुवा दिने सबै प्रति पासांग तेन्जी आभारी पनि छन ।पासांग तेन्जीको सर्बाखास कृषि फार्मबाट अहिले दोस्रो चरणको किवी फलिरहेको छ ।नेपालमा भर्खरै किबि फुर्ट एसोसियसन नेपाल९प्ब्ल्० खुलेको छ त्यसमा पनि पासांग तेन्जी सदस्य छन । विदेशमा सिकेको सिपले नेपालमा पनि धेरै गर्न सकिन्छ भनेर व्यावसायिक कृषि पेसामा होमिएका पासांग तेन्जीलाई नेपाल सरकारको श्रम तथा रोजगार बिभागले २०७४ सालमा ५० हजार नगद राशि सहित सम्मान गरेको छ ।उमेरले ४४ काट्नै लाग्दा सम्म पासांग तेन्जीले जहाँ जहाँ जे जे काम गरेता पनि कृषिप्रधान देशमै कृषक बन्न उनले लामो संघर्ष गरे । नेपालमा आधुनिक र व्यावसायिक कृषि प्रणलीको विकास त परको कुरा नीति निर्माण नै नभएकोमा भने पासांग तेन्जीको गुनासो छ । उद्यपी स्वदेशमै उत्पादित किबिको स्वदेशमै वाईन उत्पादन गर्ने र विश्व बजारमा नेपाली उत्पादन चिनाउने पथमा पासांग तेन्जी लम्किरहेका छन ।  लोकपथ डटकमका लागि सुर्यदीप रेग्मीसँग गरिएको कुराकानीमा आधारित

प्रकाशित मिति: २०७४,भाद्र,३१,शनिवार ०९:५६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पिसाब पोल्ने (युरिन इन्फेक्सन) को समस्या अधिकांश महिलाहरूमा देखिने गर्छ । यो समस्याको मुख्य कारण भनेकै बदलिँदो जीवनशैली र सरसफाइमा

वयस्क व्यक्तिले सरदर ७ देखि ८ घण्टा निदाउनु पर्छ भनिन्छ । तर अहिले निन्द्राको समयमा धेरै नै फेरबदल आइरहेको छ

वास्तु शास्त्रमा घरमा सुख समृद्धि बढाउने धेरै किसिमका उपायहरू उल्लेख गरिएको पाइन्छ । यस्ता उपायहरू उपयोग गर्दा जीवनमा धेरै प्रगति

हाम्रो शरीरमा चाहिने धेरै किसिमका भिटामिनहरू मध्ये भिटामिन डिको भूमिका अलि बढी नै महत्त्वपूर्ण मानिन्छ । शरीरलाई महत्त्वपूर्ण मानिने भिटामिन

ताजा समाचार

यस्तो छ आजको राशिफल
 २०७८,मङ्सिर,१३,सोमवार ०६:३०
एमालेको निर्वाचन कार्यतालिका संशोधन
 २०७८,मङ्सिर,१३,सोमवार ००:४३
टेकु अस्पतालबाट अनुप बास्तोलाको सरुवा
 २०७८,मङ्सिर,१२,आईतवार २२:४७