काठमाडौं । अख्तिायार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवासको जग्गा प्रकरणमा उपसभापति विजयकुमार गच्छदारविरुद्ध मुद्दा दर्ता गराएपछि कांग्रेसले कानून व्यवसायीसँग छलफल गरेको छ ।
बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा कांग्रेस पदाधिकारीहरूले बालुवाटार जग्गा प्रकरणमा अख्तियारको अभियोगपत्र कस्तो हो भन्नेबारे कानून व्यवसायीहरूसँग परामर्श गरिहेका छन् ।
१० बजेबाट सभापति निवास बूढानीलकण्ठमा छलफल भइरहेको छ ।
छलफलमा तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारलाई मात्र किन मुद्दा दर्ता गरियो र प्रस्ताव लैजाने मुख्यसचिवलाई किन मुद्दा चलाएन भन्ने विषयमा छलफल केन्द्रित रहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया