होफिनहमलाई पाखा लगाउँदै बार्यन जर्मन कपको क्वार्टरफाईनलमा

काठमाडौं । बार्यन म्युनिख जर्मन कपको क्वार्टरफाईनलमा प्रवेश गरेको छ ।

बुधबार राति भएको खेलमा बार्यनले होफिनहमलाई ४-३ गोल अन्तरले पराजित गर्दै क्वार्टरफाईनलमा प्रवेश गरेको हो । लेवान्डोस्कीले २ गोल गर्दै बार्यनलाई महत्वपूर्ण जित दिलाए ।

पोल्याण्डका फरवार्डले पहिलो र दोस्रो हाफ दुवैमा एक एक गोल गरेका थिए । सुरुवाती गोल बार्यनका जेरोमी बोटेङ्ग र होफेनहमका बेन्जामिन हुबनरले आत्मघाति गरे ।

लगत्तै थोमस मुलरले गोल गर्दै बार्यनलाई अगाडी बढाएका थिए । मुनास डाबरले दुई गोल गर्दै होफेनहमलाई खेलमा फर्काउने कोशिश गरेपनि सफल हुन सकेनन् ।

लेवान्डोस्कीले २९ खेलमा ३५ गोल गर्दै गरे । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?